News

कोशीमा कांग्रेसको सरकार २० दिनमै ढल्यो, एमालेले पनि सरकारको जिम्मा पाएन 

कोशीमा कांग्रेसको सरकार २० दिनमै ढल्यो, एमालेले पनि सरकारको जिम्मा पाएन 

कोशी प्रदेश सरकारका मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति सर्वोच्च अदालतले बदर गरिदिएको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले सभामुखको समर्थनमा भएको थापाको नियुक्ति बदरको आदेश दिएको हो ।

कांग्रेस संसदीय दलका नेता थापालेसभामुख बाबुराम गौतम समेतको हस्ताक्षर गरेर असार २१ गते मुख्यमन्त्रीमा दाबी गरेका थिए। सोही दावीका आधारमा प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

त्यस विरुद्ध नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा रिट दिए। तटस्थ भूमिकामा रहेका सभामुखको समर्थनबाट सरकार बन्नु गैरकानुनी भन्दै उनले थापाको नियुक्ति बदर गरी संविधानको धारा १६८ (३) अनुसार प्रदेशसभाको ठूलो दलको संसदीय दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश माग गरेका थिए ।

सर्वोच्चले सरकार गठन हुनुपर्ने कारण देखाएर सभामुखले कसैलाई समर्थन गर्न नमिल्ने बताएको छ । सर्वोच्चले एमाले नेता कार्कीको चाहना अनुसार उनलाई मुख्यमन्त्री नियुक्तिको परमादेश भने दिन अस्वीकार गरेको छ । 
 

विशेष