News

संसदमा सुनिल शर्माको स्टन्टः सुन काण्डको अनुशन्धान प्रभावित पार्न अनसनको धम्की

संसदमा सुनिल शर्माको स्टन्टः सुन काण्डको अनुशन्धान प्रभावित पार्न अनसनको धम्की

सत्तारुढ दल नेपाली कांग्रेसका सांसद सुनिल शर्माले बुधवारको प्रतिनिधि सभा वैठकमा सरकारले अवैध सुन भित्र्याउने नाइकेलाई अविलम्ब पक्राउ नगरे आमरण अनशन बस्ने धम्की दिए। 

उनले सुन भित्रिएको प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीको संलग्नता रहेको भन्दै दुवै जनाको राजीनामा मागेका छन्। ‘कि त मुख्य नाइकेलाई पक्रन सक्नुपर्यो होइन भने अनुसन्धानको प्रक्रियालाई सहज बनाउन राजीनामा गरेर प्रजातन्त्रको सिस्टमको कदर गर्नुपर्छ’,उनले भने ।

गाउँको भरियालाई मात्रै जेलभित्र कोचेर मुख्य नाइके नपक्डिकन बस्छु भन्ने सोच नराख्न आग्रह गर्दै उनको अनशनको घोषणा गरे। शर्माको यो घोषणा प्राय सवैलाई अनौठो लागेको छ। सत्तारुढ दलकै सांसद भएपनि उनले प्रतिपक्षलाई समेत उछिनेर मन्त्रीको राजिनामा मागेका छन्।

जाँचपास भएर विमानस्थलबाट निस्किसकेको १ क्विन्टल सुन पक्राउ गरेकोमा स्याबासी दिनु वा सरकारको मनोवल वढाउनुको सट्टा शर्माले किन उल्टो बाटो समाते ? भन्ने जिज्ञासा कांग्रेसकै नेता कार्यकर्ताको मनमा पनि उठेको छ। 

अर्कोतर्फ उनी असाध्य इमान्दार, देशभक्त, जनसेवी र कर्तब्यनिष्ठ भएर गृह तथा अर्थमन्त्रीलाई पनि आफु जस्तै इमान्दार र नैतिवान वनाउन खोजेका पनि पक्कै होईनन्। किनको उनको पृष्ठभुमीमा कहिँ पनि इमान्दारीता र नैतिक्ता देखिएको छैन। उनको नाम वैमानहरुकै लिष्टमा भेटिन्छ। यो कुरा कसैले पुष्टि गरिरहनु पर्दैन, सर्वसाधारण नागरिकलाई सोध्दा पनि थाहा हुन्छ।

उनी टिन एजकै वेलादेखि विवादित छन्। एसएलसीको सर्टिफिकेटदेखि हालसम्मका अधिकांश काम विवाद र शंकाको घेरामा छन्। विशेषगरी, मेडिकल क्षेत्रमा उनको नाम धेरै ‘बदनाम’ छ। 

राजनीतिक पहुँचका आधारमा नोबेल मेडिकल कलेजको सीट निर्धारण, कर छलीलगायतका कारण उनी विवादमा परे। अर्कोतर्फ नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सक पेशा अँगालेको आरोपमा उनलाई प्रहरीले पक्राउ गर्न खोजेको थियो। उनी जापान फरार भए। पछि सहज अवस्था वनाएर उनी फिर्ता भएका हुन।

उनी मेडिकल क्षेत्रमा प्रवेश गर्नु अघि मेडिकल पढ्ने विद्यार्थीलाई चिन पठाउने धन्दामा संलग्न थिए। कन्सल्टेन्सी चलाएका उनी पछि नोवेलमा प्रवेश गरेका हुन। विराटनगरमा मेडिकल कलेज चलाउने तयारी गरेको डा. ज्ञानेन्द्र गिरीको समूहले इजाजत (लाइसेन्स) पाइरहेको थिएन। नेपाली कांग्रेसको राजनीति गर्ने र त्यसमा पनि कोइराला परिवारसँग निकट रहेकाले नोबेल मेडिकल कलेजलाई इजाजत दिलाउने शर्तमा डा. गिरीको समूहले शर्मालाई भित्र्याएको थियो।

पाँच प्रतिशत शेयर स्वामित्व लिएर नोबेल मेडिकल कलेज छिरेका उनले माओवादी नेता वर्षमान पुनसँगको निकटताको फाईदा उठाउँदै मुख्य सञ्चालक डा. गिरी लगायतलाई अपहरण गरी मेडिकल कलेज एकलौटी बनाएको आरोप छ। 

डा. गिरीबाट नोबेलको स्वामित्व लिंदा डा. शर्माले गैरकानूनी बाटो अपनाएको र अकुत सम्पत्ति आर्जन गरेको भन्दै २०७६ मंसीर १ मा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नोबेलमा छापा मारेको थियो। अहिलेसम्म पनि विभागको अनुसन्धान सकिएको छैन।

पछिल्लो पटक चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीले उनलाई सिंहदरबारभित्रै मोसो दलेको थियो।

एकपछि अर्को विवादमा मुछिए पनि राजनीतिक पहुँचको आडमा उनले २०७८ भदौमा काठमाडौं मेडिकल कलेज (केएमसी) एक अर्ब ७० करोड रुपैयाँमा ४७ प्रतिशत शेयर किनेर अध्यक्ष बने। त्यसको एक वर्ष नहुँदै नेपालगञ्ज मेडिकल कलेजको ४४ प्रतिशत शेयर ९० करोड रुपैयाँमा किने। अर्थात् डा. शर्माको मेडिकल व्यवसाय पूर्वदेखि राजधानी हुँदै पश्चिम नेपालसम्म फैलिएको छ।

आश्चर्यको विषय के छ भने, यही पेशामा रहेका अन्य ब्यक्ति टिक्न नसकेर कलेज वेचिरहेका छन् भने उनी भने धमाधम कलेज खरिद गर्दै हिडेका छन्। शर्माले यत्रो पैसा कहाँबाट ल्याए भन्ने प्रश्न धेरैको मनमा उठिरहेको छ।

पछिल्लो समय भने उनी सुन तस्करीमा संलग्न भएको आशंका वढिरहेको छ। उनको संसदको प्रस्तुतीले पनि यो कुरालाई थप पुष्टि गर्ने धेरैको अनुमान छ। आमरण अनसन र मन्त्रीको राजिनामाको कुरा उठाएर उनले अनुशन्धानलाई प्रभावित पार्न खोजेको वताईएको छ। सुन तस्करी प्रकरणमा भरिया पक्राउ परेपछि अनुशन्धानलाई प्रभावित वनाउने उनको षडयन्त्र हुन सक्ने कतिपयको अनुमान छ।

निस्पक्ष छानविन हुने हो भने सुन मालिकका रुपमा डा. शर्माकै नाम पनि अगाडि आउन सक्ने सरोकारवालाहरु वताउँछन्।

यो, पनि

सुनिल शर्मा

विशेष