News

तोडियो नेपालीमूलका आरोहीको रेकर्डः ९२ घण्टामा १४ वटा सर्वोच्च शिखर चढेर नयाँ रेकर्ड

तोडियो नेपालीमूलका आरोहीको रेकर्डः ९२ घण्टामा १४ वटा सर्वोच्च शिखर चढेर नयाँ रेकर्ड

नेपालीमूलका आरोही निर्मल पुर्जाले ७ महिनाभित्र विश्वका १४ वटा ८ हजार मिटर अग्ला हिमाल चढेर बनाएको विश्वरेकर्ड तोडिएको छ।

०७६ कात्तिकमा बनाएको विश्ववकीर्तिमान नर्वेजियन हिम आरोही क्रिस्टिन ह्यारिला र नेपाली गाइड तेन्जिन ल्हामा शेर्पाले बिहीबार तोडेका हुन्। 

म्याग्दीमा जन्मिएका निर्मलले ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल ७ महिनाभित्र चढेर ०७६ मा रेकर्ड वनाएका थिए। ०७६ कात्तिक ११ गते सोमबार तिब्वतमा अवस्थित शिशापङ्मा हिमाल आरोहण गरेसँगै सात महिनामा विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ हिमाल आरोहण गर्ने पहिलो पर्वतारोही बनेका थिए। 

तर उनको यो कीर्तिमान नर्वेजिन महिला हिम आरोही र नेपाली गाइड तेन्जिनले अभियान थालेको ९२ दिनमै तोडिदिएका हुन्। निर्मलले आफ्नो उक्त सफलतालाई विश्वभर ब्रान्डिङ गरेका थिए। भिडिओ र फोटोमार्फत उक्त सफलता संसारभर फैल्याएका उनको कीर्तिमान अब अर्का नेपाली गाइडको नाममा पुगेको छ।

‘सी मुभ्स माउन्टेन’ नाम दिइएको पर्वतारोहण अभियानका लागि क्रिस्टिनले ६ महिना ६ दिनको समय तय गरेकी थिइन् । तर, केवल ९२ दिनमा उनी ८ हजारमाथिका १४ वटा शिखर उक्लिन सफल भइन् ।

निर्मलभन्दा अगाडि दक्षिण कोरियाका किम चाङ–हो ले सबैभन्दा छिटो १४ हिमाल चढेका थिए । यसका लागि किमले ७ वर्ष, १० महिना, ६ दिन लगाएका थिए । उनले पनि थोरै समयले पोल्याण्डका जर्जी कुकुज्कालाई उछिनेका थिए । जर्जीलाई ८ हजार मिटर अग्ला १४ हिमालको यात्रा पूरा गर्न ७ वर्ष ११ महिना १४ दिन लागेको थियो । पछि किमको मृत्यु नेपालकै माउन्ट गुर्जामा आँधीमा परी भएको थियो भने जर्जीको मृत्यु पनि सन् १९८९ मा नेपालकै लोत्से हिमाल चढ्ने क्रममा भएको थियो ।

गत अप्रिलदेखि चीनका शिसापाङ्मा र चो ओयु, नेपालका मकालु, कन्चनजंगा, एभरेस्ट, लोत्से, धौलागिरि, अन्नपूर्ण, मनास्लु, पाकिस्तानका नाङ्गा पर्वत, जी २, जी १, ब्रोड पिक र के २ को चुचुरोमा टेक्ने अभियान थालेकी क्रिस्निटले आज २७ जुलाइको दिन अभियान सफल पारेकी हुन् । ‘लगभग सबै हिमालमा मरेका मान्छे छन् । मलाई त्यस्तो हुन्थ्यो भने म खुसी खुसी मर्थें’, हिमालय हेभनलाई दिएको प्रतिक्रियामा उनले भनेकी छन् । 

नेपालका तेन्जेनले हारिलाका लागि सहयोगी (गाइड) को काम गरेका थिए । क्रिस्टिनको पछिल्लो यात्रालाई सेभेन समिट कम्पनीले व्यवस्थापन गरेको थियो । कम्पनीका अनुसार, आज बिहान करिब ११ः३० बजे क्रिस्टिन र तेन्जेन सगरमाथापछिको दोस्रो अग्लो हिमाल उक्लेका थिए । क्रिस्टिनले तीव्र गतिमा हिमाल चढेर राखेका अन्य रेकर्ड पनि छन् । 

यसअघि उनी एक वर्ष ५ दिनमा ८ हजार मिटरमाथिका १४ वटै हिमाल चढ्ने पहिलो महिला पर्वतारोही बनेकी थिइन् । चीनका चो ओयु र शिसापाङ्गमा फेरि चढेमा उनको अर्को रकेर्ड बन्ने छ– ८ हजार मिटरमाथिका १४ वटा हिमाल दुई पल्ट पूरा गर्ने पहिलो पर्वतारोही ।

यी दुई हिमाल उनले गत वर्ष नै चढिसकेकी हुन्थिन् तर अनुमति नपाएकाले जान पाएकी थिइनन् । यो वर्ष उनले तिनै दुई हिमाल चढेर अभियानको सुरुवात गरेकी थिइन् । 

‘म जे गर्छु त्यसका थुप्रै कारण छन् । मलाई पहाड र सबैभन्दा अग्ला चुचुरामा सबैभन्दा शान्ति महसुस हुन्छ । यसैले मलाई हिमाल चढ्न प्रेरित गर्छ’, क्रिस्टिनले भनेकी छन् ।

विशेष