News

इटलीको ४ दिने भ्रमण सकेर आजै स्वदेश फर्कदै प्रधानमन्त्री प्रचण्ड

इटलीको ४ दिने भ्रमण सकेर आजै स्वदेश फर्कदै प्रधानमन्त्री प्रचण्ड

इटलीको ४ दिने भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल आज विहान १० वजे स्वदेश फर्कँदैछन् । उनी कतार एअरलाइन्सको विमानमार्फत त्रिभुवन विमानस्थल अवरण गर्ने छन्।

प्रधानमन्त्री दाहाल युनाइटेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्टमा सहभागी हुन साउन ६ गते साँझ इटली गएका थिए। उनले अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गरेका थिए।

रोममा रहँदा प्रधानमन्त्री दाहाल र बङ्गलादेशी समकक्षी शेख हसिनाबीच द्विपक्षीय भेटवार्ता भएको थियो। भेटमा  कृषि र जलविद्युत्का क्षेत्रमा सहकार्य तथा क्षेत्रीय सहयोग र सहकार्यका विविध विषयमा छलफल भएको थियो ।

संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालयमा प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसबीच भेटवार्ता भएको थियो। भेटका क्रममा उनीहरूबीच पर्यावरण, खाद्य सुरक्षा र नेपाल र राष्ट्रसङ्घबीचको सम्बन्धलाई अझ मजबुत बनाउनेबारे छलफल भएको थियो ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा कृषिमन्त्री बेदुराम भुषाल, राष्ट्रिय योजना आयोगका सदस्य जयकान्त राउतलगायत सहभागि छन्।

विशेष