News

रवि लामिछाने भन्छन्ः सत्ता जोगाउन गठबन्धनभित्र पनि गठबन्धन बन्यो

रवि लामिछाने भन्छन्ः सत्ता जोगाउन गठबन्धनभित्र पनि गठबन्धन बन्यो

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सत्ता जोगाउन गठवन्धनभित्र पनि अर्को गठवन्धन बनाएको दाबी गरेका छन्।

आइतबार गोकर्णेश्वरको नगरभेलालाई सम्बोधन गर्दै उनले गठवन्धन जनताका लागि नभई सत्ता जोगाउनका लागि मात्रै भएको बताए।

जनता अस्पतालमा डाक्टर भेट्ने पालो नभएर नपचार नपाई मरिरहेका वेला दलका नेता भने सत्ताका लागि कुदाकुद गरिरहेको उनको आरोप छ। ‘अहिले ठूला दलहरुले सत्ता जोगाउनका लागि गठबन्धन बनाइरहेका छन्। जनता जोगाउने गठबन्धन होइन, सत्ता जोगाउने गठबन्धन हो त्यो’ उनले भने–‘जनता आजपनि अस्पतालमा डाक्टरको पालो नपाएर, महिनौं अपोइन्टमेन्ट नपाएर बसेका छन्, विदेशमा अलपत्र परेर बसिरहेका छन्, उनीहरुका लागि गठबन्धन गर्नुपर्दैन ? अहिले त गठबन्धनभित्र पनि अर्को गठबन्धन बनेको छ। त्यो पनि सत्ता जोगाउन।’

माओवादी केन्द्र, जसपा र नेकपा एसले विप्लव नेतृत्वको नेकपालाई समेटेर समाजवादी मोर्चा बनाएपछि त्यसैलाई लक्षित गर्दै लामिछानेले यस्तो बताएका हुन्।
 

विशेष