दाजुबहिनीबीच विवाह हुने अभिव्यक्तिका कारण अधिवक्ता शीतल पाण्डे विरुद्ध पक्राउ पुर्जी

मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने गरेको विवादास्पद अभिव्यक्तिका कारण अधिवक्ता भगवती पाण्डे ‘शीतल’ विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
काठमाडौं प्रहरी परिसरका डीएसपी अनिल अधिकारीले पाण्डेविरुद्ध पक्राउ पूर्जी जारी भएको जानकारी दिए। चार दिनअघि तामाङ, मगर समुदायका समूहले उनी विरुद्ध उजुरी दिएका थिए।
पाण्डेको खोजी भइरहेको प्रहरीले जनाएको छ। यसअघि प्राइम टिभीमा प्रसारित अन्तरवार्तामा पाण्डेले मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने भन्दै त्यो विज्ञानको हिसाबले गलत रहेको बताएकी थिइन् ।