News

उडिरहेको जहाजमा केटी जिस्क्याउने प्रोफेसर पक्राउ

उडिरहेको जहाजमा केटी जिस्क्याउने प्रोफेसर पक्राउ

उडिरहेको जहाजभित्र यौन उत्पीडन गरेको आरोपमा भारतमा एक ब्यक्ति पक्राउ परेका छन्। भारतको राजधानी नयाँ दिल्लीबाट मुम्बईका लागि उडेको जहाजमा यो घट्ना भएको हो।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार उडानका बेला पेशाले प्रोफेसर रहेका पट्नाका रोहित श्रीवास्तवले एक महिला यात्रुमाथि छेडखानी गरेको आरोप आरोप छ। 

महिला भने २४ वर्षीया डाक्टर रहेको सञ्चारमाध्यमले लेखेका छन् । यो घटना इन्डिगो एयरलाइन्समा २६ जुलाइका दिन भएको हो ।

महिला यात्रुको उजुरीपछि प्रहरीले ती प्रोफेसरलाई पक्राउ गरेको बताइएको छ । समाचार अनुसार दुवै यात्रु आसपासको सिटमा थिए । जहाज साढे ५ बजे साँझ उडेको थियो । 
 

विशेष