News

जानकी मन्दिरमा अश्लिल टिकटक बनाउने युवकलाई प्रहरीले समात्यो

जानकी मन्दिरमा अश्लिल टिकटक बनाउने युवकलाई प्रहरीले समात्यो

जनकपुरको जानकी मन्दिर परिसरमा अश्लिल हर्कत गर्दै टिकटक बनाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। 

मन्दिरको विवाहमण्डप परिसरभित्र एक युवतीसँग अश्लील हर्कत गर्दै टिकटक बनाउने १८ वर्षीय युवक अनिरुद्र यादवलाई प्रहरीले पक्राउ गरेको हो। 

धनुषाको औरही गाउँपालिकाका यादवले युवतीसँग अश्लिल अकर्त गर्दै टिकटक बनाएर पोस्ट गरेका थिए।

उनको टिकटकका विषमा सामाजिक सञ्जालमा विरोध भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। 
 

विशेष