News

रवि लामिछानेको दाबीः सुन तस्करका मुख्य मालिक सरकारकै संरक्षणमा छन्

हामी सुन मालिक हेर्न कुरेर बसेका छौं

रवि लामिछानेको दाबीः सुन तस्करका मुख्य मालिक सरकारकै संरक्षणमा छन्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले एक सय किलो सुनका मालिक सरकारकै संरक्षणमा रहेको दावी गरेका छन्।

ट्याक्सीमार्फत लगिँदै गरेको अवैध सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गर्नुअघि मालिक पछ्याउनुपर्नेमा त्यसो नगरिएकाले सरकारी संरक्षण प्रस्टै देखिएको उनको दावी छ।

‘सुन बोकेर मालिकसम्म जान लागेको ट्याक्सीलाई बीच बाटोमै समातेर मालिक जोगाउन खोजिएको हो कि भन्ने आशंका छ’ उनले भने–‘ट्याक्सीको पछि लागेको भए सुनको मालिकसम्म पुग्न सकिने भए पनि त्यसो गरिएन।’

भक्तपुरमा एक कार्यक्रममा सहभागी भएको लामिछानेले सुन प्रकरणमा सरकारले ठूला मालिक देखेपछि अनुसन्धान टुंग्याउनुको साटो अर्को फाइल खोल्नतिर लागेको आरोप लगाए।

गत बुधबारको सुन तस्करी परिमाण हेर्दा मालिक ठूलै मान्छे हुन सक्ने उनको दाबी छ। ‘बीच बाटोसम्मको खबर पाएर भरिया समाउन सक्ने सरकार मालिकसम्म किन पुगेन? सुनका मालिक हेर्न बसेका छौं,’ उनले भने।

विशेष