News

दमक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतको रासलिला टिकटकमा भाईरल

दमक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतको रासलिला टिकटकमा भाईरल

श्रीमती र परिवार काठमाण्डौंमा राखेर आफु झापाको दमक नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले क्वाटरमै रासलिला गरेपछि उनको आलोचना सुरु भएको छ।

एक महिलासँग उनले अनैतिक गतिविधि गरेको भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ छ। मदिराले लठ्ठ भएकी ति महिलाले सोही अवस्थामा टिकटक लाइभ गरेकी छिन्। टिकटकमा उनले निरौलालाई श्रीमान भन्दै सम्बोधन गरेकी छिन्।

भिडियोमा निरौला पनि महिलालाई अंकमाल गर्दै मस्त देखिएका छन् । यसअघि ताप्लेजुङको सीडीओ हुँदा पनि निरौला यस्तै गतिविधिका कारण कारबाहीमा परेका थिए । झापामा सहायक सीडीओ हुँदा जग्गा किर्ते प्रकरणमा परेका थिए।

निरौलाले भने भिडियो काठमाडौंको एक होटलको पार्टीमा खिचिएको दाबी गरेका छन् । नगरपालिकाका कर्मचारीले भने आफनै कार्यालयको क्वाटर भएको वताएका छन्।

मेयर राम थापाले भने घटनाबारे आफूलाई जानकारी नभएको वताए। निरौला मेयर थापाकै नातेदार पनि हुन् । 

विशेष