News

ललिता निवास जग्गा प्रकरणमा देउजाले जोड गिरिजाको नाम, दबाब दिएपछि फाईल सदर गरेको वयान

ललिता निवास जग्गा प्रकरणमा देउजाले जोड गिरिजाको नाम, दबाब दिएपछि फाईल सदर गरेको वयान

बालुवाटारस्थित ‘ललिता निवास’को जग्गा हिनामिना प्रकरणका पक्राउ परेका कलाधर देउजाले तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोईरालाले दवाव दिएपछि फाईल सदर गरेको वनयान दिएका छन्।

०४९ पुसमा देउजा तत्कालीन डिल्लीबजार मालपोत कार्यालयका प्रमुख थिए । उनको कार्यकालयमा ३६ रोपनी १३ आना सरकारको नामको जग्गा शैलजा राणा, हेमन शमशेर जबरा र हाटक शमशेर जबराको नाममा जग्गा दर्ता गर्ने फायल सदर भएको थियो । 

त्यो फायल सदर गर्न आफूलाई प्रधानमन्त्री कोइरालाको सचिवालयबाट ‘चर्को दबाब’ आएको उनको बयान छ। कोइरालाका प्रशासनिक सल्लाहकार दीर्घराज कोइराला र स्वकीय सचिव वीरेन्द्र दाहालले ‘जग्गा फिर्ता दिन ताकेता’ गर्ने गरेको उनको भनाई छ।

तत्कालीन मन्त्रिपरिषद्ले, २०१७ सालपछि प्रजातन्त्रको पुनर्स्थापनाका लागि भएका संघर्षमा संलग्न भएको कारण जफत घर–जग्गा तत्कालीन श्री ५ को सरकारको अधीनमा रहेको जति जानकारीमा आउनासाथ तुरुन्त फिर्ता दिने निर्णय गरेको थियो । सोही अनुसार सुवर्ण शमशेरको हकदारहरूका नाममा जग्गा फिर्ता दिएको देउजाले बताएका छन् । 

‘ललिता निवास क्षेत्रको ३६ रोपनी १३ आना जग्गा नापीकै बेलाको लगत–श्रेस्ता सुवर्ण शमशेरको नाममा कायम रहेको र सो जग्गा अधिग्रहण भएको तथा क्षतिपूर्ति पाएको कुरा जनाएको नदेखिएको देउजाले बताएका छन् । 

सुवर्ण शमशेरका हकवाला ५ परिवार थिए । रुक्म शमशेर, हाटक शमशेर जबरा, हेमाद्री, शैलजा राणा र सुनीति राणा  । तिनै ५ परिवारलाई सुवर्ण शमशेरको परिवारको नामको जग्गा फिर्ता दिएको मालपोतका कर्मचारीहरूले जिकिर गरेका छन् । 

सुवर्ण शमशेरका हकवालालाई जग्गा फिर्ता दिनेबारे उठेका दुईवटा फाइल डिल्लीबजार मालपोतका कर्मचारीले नै गायब बनाएका छन् । मिसिल नम्बर १०२४ र १०२५ को सक्कल फायल गायब बनाएको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । सो फायल बारेमा पनि देउजालाई प्रश्न गरिएको थियो।

दुईवटा मिसिल तत्कालीन खरिदार गोपाल कार्कीले गायब पारेको सीआईबीको अनुसन्धान निष्कर्ष छ । मिसिल गायब बनाएको आरोप लागेका कार्की अहिले सीआईबीको हिरासतमा छन् । असार १२ मा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजासहित ७ जनालाई पक्राउ गरेको थियो । तर, सर्वोच्च अदालतको स्टे अर्डर लिएर बसेका देउजा अहिले रिहा भएका छन् । 

ललिता निवास

विशेष