सय किलो सुन प्रकरणमा भन्सार प्रमुख अनुसन्धानमा, २ महिने विदा मागेर सम्पर्क विहिन

साउन २ गते विमानस्थल भन्सारबाट एक सय किलो सुन पास भएको प्रकरणमा नेपालमै नभएका भन्सार प्रमुख अरुण पोखरेल अनुशन्धानमा तानिएका छन्।
विमानस्थल भन्सार प्रमुख पोखरेलले नियम विपरित र शंकास्पद रुपमा दुई महिना लामो बिदा लिएको देखिएको छ। उनले विरामी विदा मागेका थिए। उपचारका लागि चीन जाने भनेका उनी अहिले चीनमा पनि नरहेको वताईएको छ। उनी भन्सारका अन्य कर्मचारीको सम्पर्कमा समेत छैनन्।
भन्सार प्रमुख पोखरेलले असार १७ गतेदेखि भदौ १७ गतेसम्मको लागि बिदा लिएको जनाइएको छ। उनको बिदा विभागीय प्रमुखले स्वीकृत गर्न सक्छन्। तर, नियम विपरित आएकाले भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले त्यो निवेदनलाई अर्थ मन्त्रालय पठाएका थिए।
त्यसैले सो बिदाको निवेदन अर्थसचिव अर्जुन पोखरेलसम्म पुगेको थियो। निजामती सेवा नियमावली अनुसार बिरामी बिदा सुरुमा सात दिन र त्यसपछि आवश्यकताअनुसार दिनुपर्ने उल्लेख गरेको छ।
सात दिनभन्दा बढी अवधिको बिरामी बिदाको माग गर्दा स्वीकृत चिकित्सकको प्रमाणपत्र समेत पेस गर्नु पर्ने ब्यवस्था छ। तर, पोखरेलले सुरुमै दुई महिना लामो बिदा मागेका छन्। यसलाई राजस्व अनुसन्धान विभागले शंकास्पद मानेको छ।
अर्कोतर्फ उनले बिदा लिनेबित्तिकै सुनको आयात भएको र भन्सार पास भएको विषयमा शंका गर्नु पर्ने अवस्था देखिएको विभागले जनाएको छ। नयाँ दर्ता भएको कम्पनी रेडी ट्रेड प्रालिले ब्रेक प्याडमा हुने ब्रे सु सुनको बनाएर हङकङबाट ल्याएको देखिन्छ।
सोही प्रकृतिको सामान विभिन्न मितिमा ल्याएको देखिन्छ। विभागले सो कम्पनीको गोदामहरुमा छापा मारेको थियो। जहाँ ठूलो मात्रामा ब्रेक सु बरामद भएको छ। सुन कसको हो भन्ने निचोडमा अहिलेसम्म विभाग पुगेको छैन।
भन्सार विभागकै आन्तरिक अध्ययनमा विमानस्थलका १५ जनाभन्दा बढी कर्मचारीको प्रत्यक्ष संलग्नता देखिएको छ।
यो पनि,
- सुन तस्करीमा अर्का ब्यापारी जोडिए, छद्म नाममा तस्करी गरेको आशंका
- वर्षमा २१२ पटक यूएई र हङकन गएका थिए सुन तस्करीका आरोपी
- को हो १ क्विन्टल सुनको मालिक? अडुकियासहित केही ठुला ब्यापारी सम्पर्क विहिन
- संसदमा सुनिल शर्माको स्टन्टः सुन काण्डको अनुशन्धान प्रभावित पार्न अनसनको धम्की
- सुन तस्करी प्रकरणमा एमालेले कृष्णबहादुर महराका बाबुछोरालाई जोड्यो, संसदमा नारावाजी
- आरजु र देउवाको आडमा सुनिल शर्माको ठगी धन्दा, प्रिबुकिङका नाममा करोडौं असुली
- आजको संसद वैठकमा एमालेले गृह र अर्थमन्त्रीको राजिनामा माग्ने