‘सुटिङ हुँदैछ’ भन्दै जव अमिताभले जयासँग असली विवाह गरे!
अमिताभको विवाहमा ५ जना मात्रै थिए जन्ती
बलिउड अभिनेता अमिताभ बच्चनका अनेक किस्सा छन्। त्यसमध्ये एउटा किस्सा उनको विवाहसँग जोडिएको छ। अमिताभ र जया फिल्ममा पनि चलेको जोडी हो। उनीहरुले जन्जिर, सिलसिला, चुपके चुपके र अभिमान जस्ता कैयौँ फिल्ममा सँगै काम गरेका छन्।
जन्जिर फिल्म हिट भएपछि दुवैको विवाहको मिति तय भएको थियो। अमिताव र जयाको परिवारले अक्टुबर १९७३ मा उनीहरुको विवाह गरिदिने निर्णय गरेका थिए। तर, उनीहरु विवाह अगाडि नै विदेश घुम्न जाने योजनामा थिए। यो कुरा अमिताभका बुवा हरिवंशरायले अस्विकार गरे। विदेश जानुभन्दा अगाडि विवाह गर्नु पर्ने सर्त राखे।
यही शर्तका कारण जुन १९७३ मै उनीहरुको विवाह भयो। जया र अमिताभ दुबैका परिवारले विवाहलाई एकदमै व्यक्तिगत राख्न चाहन्थे त्यसैले विवाहमा धेरैलाई खबर गरिएन। जब मंगल बंगला (अमितावको घर) मा बत्ती र फूलहरूको सजावट देखेर वरिपरिका मानिसहरूले प्रश्न गर्न थाले, त्यसपछि उनीहरूले अमिताभको एउटा फिल्मको शुटिङ हुँदैछ भनेर ढाँटे।
जन्तीको टोलीलाई पनि धेरैले शुटिङकै सहभागि सम्झिए। उसो त विवाहमा जन्ती पनि ५ जना मात्रै थिए।
दुलहा दुलहीका परिवारबाहेक विवाहमा अमिताभका साथी जगदीश राजनका परिवार र त्यति बेलाकी प्रधानमन्त्री इन्दिरा गान्धीलाई निम्ता गरिएको थियो। प्रधानमन्त्री इन्दिरा गान्धीले फोनबाट बधाई दिएकी थिइन्।
सञ्जय गान्धी बाहेक ४ अमिताभको जना अरू साथीहरूलाई बोलाइएको थियो। जसमा हरिवंशराय बच्चनका साथी केही लेखक पनि थिए। जन्ती मंगल बंगलाबाट मालाबार हिल्ससम्म जानु थियो। एउटा कारमा अमिताभ बच्चन र एउटा कारमा पाँच जना जन्ती अनि एउटा कारमा अमिताभका साथी जगदीश राजनका परिवार बसेर जन्ती गएका थिए।
अमिताभ बच्चन