News

केएमसी कलेजमा पानी छैन, सुन तस्करको पछाडि कलेज सञ्चालक

केएमसी कलेजमा पानी छैन, सुन तस्करको पछाडि कलेज सञ्चालक

कांग्रेस सांसद डा. सुनिल शर्मा नेतृत्वको भक्तपुर दुवाकोटस्थित काठमाडौं मेडिकल कलेजले तीन सयभन्दा वढि विद्यार्थीहरुलाई होस्टलमा भेडाबाख्रा जसरी दुःख दिएर राखेको पाईएको छ।

विगत तीन सातादेखि होस्टलमा पानीको चरम अभाव छ। तर, बारम्बार गुनासो गर्दा पनि मर्मत सम्भारमा कलेज प्रशासनले ध्यान नदिएको विद्यार्थीहरुले गुनासो गरेका छन्। हाल दाँत माझ्न, नुहाउन मात्र होईन पिउनका लागि समेत पानी नभएको एक विद्यार्थीले गुनासो गरे।

‘हामी होस्टेल शुल्क बापत मासिक २० हजार रुपैयाँ वुझाएका छौं। तर, न्युनतम सुविधा त धेरै टाढाको कुरा, भनेको वेलामा पानी पिउन समेत पाईएको छैन।’ एक विद्यार्थीले भने। पानीको विषय विद्यार्थीहरुले सामाजिक सञ्जालमा समेत उठाएका छन्।

कलेजले होस्टल अनिवार्य गरेर विद्यार्थीसँग पैसा उठाउने तर, कवोल गरेको सुविधा पनि नदिएको भन्दै विद्यार्थी आक्रोशित छन्। 

कलेजले १५÷१७ वर्षअघिको सर्तलाई देखाएर विद्यार्थीहरुलाई होस्टल अनिवार्य गर्दै आएको छ। त्यस बेला नेपाल मेडिकल काउन्सिलले प्राइभेट कलेजलाई होस्टल बनाएपछिमात्रै सम्बन्धन दिने शर्त राखेको थियो । सोही सर्त देखाएर केएमसीले विद्यार्थीलाई होस्टल अनिवार्य गर्दै आएको छ। यस विषयमा केएमसी र विराटनगर स्थित नोवेल मेडिकल कलेजका विद्यार्थीले पटक पटक आन्दोलन गर्दै आएका छन्। नोवेल पनि डा. शर्माले नै सञ्चालन गरेका हुन।

चिकित्सा शिक्षा आयोगले होस्टेल अनिवार्य होइन भन्ने प्रष्ट पारिसक्दा पनि नोबेल र केएमसीले चिकित्सा शिक्षा आयोग नै नमान्ने भन्दै दादागिरी देखाउने गरेको विद्यार्थीको आरोप छ।

कलेज सञ्चालक शर्मा भने सय किलो सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको राजिनामा माग्दै संसदमै आमरण अनसन वस्ने तयारीमा छन्।

यो पनि,

सुनिल शर्मा

विशेष