News

विरगञ्ज महावाणिज्य दूतावासद्वारा ‘मिसन लाइफ’अन्तर्गत विशेष सप्ताह सम्पन्न

विरगञ्ज महावाणिज्य दूतावासद्वारा ‘मिसन लाइफ’अन्तर्गत विशेष सप्ताह सम्पन्न

भारतको महावाणिज्य दूतावास, वीरगञ्जले पर्यावरणको संरक्षण एवम् प्रवद्र्धन गर्न व्यक्तिगत तथा सामुदायिक कार्यलाई टेवा पु¥याउँदै दिगो भविष्य निर्माण गर्न डिजाइन गरिएको ‘मिसन लाइफ’अन्तर्गत विशेष सप्ताह सम्पन्न गरेको छ। 

मिसन लाइफअन्तर्गत कूल सात सत्रहरू सञ्चालन गरिएको भारतीय दूतावासले जनाएको छ। महावाणिज्यदूत नितेश कुमारले ‘मिसन लाइफ’ भारतको नेतृत्वमा रहेको एक विश्व्यापी ढाँचा भएको बताए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२१ ग्लास्गोमा भएको २६ औँ राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप–२६) मा विश्वलाई मिसन लाइफका बारेमा जानकारी दिएका थिए।

यसअन्तर्गत वाणिज्य दूतावासले जुन २०, २०२३ मा आफ्नो परिसरभित्र ‘स्वास्थ्य लाइफस्टाइल’ मा प्यानल छलफल आयोजना गरेको थियो। उक्त छलफलमा डा निरजकुमार सिंह, डा सुचित कुमार शर्माले स्वस्थ जीवनका लागि आफ्नो जीवनशैलीलाई कसरी परिमार्जन गर्न सकिन्छ भन्ने विषयमा विचार प्रस्तुत गरेका थिए।

जुलाई २१ मा विजय कुशवाहाले ई–वेस्टको उचित व्यवस्थापन नगर्दा हुने खतराबारे, जुलाई २४ मा रणजितकुमार सिंह र जयप्रकाश खेतानले प्लाष्टिकको एकल प्रयोगलाई व्यावहारिकरूपमा कम गर्ने सन्दर्भमा विचार प्रस्तुत गरेका थिए।

जुलाई २५ मा आयोजित कार्यक्रममा महेश अग्रवालले दिगो खाद्य प्रणालीका बारेमा धारणा प्रस्तुत गर्दै स्वस्थ खानाका फाइदाबारे प्रकाश भने जुलाई २६ मा भएको ‘फोहर न्यूनीकरण अभिमुखीकरण कार्यक्रम’मा सरफुद्दिन मियाँ र महेश अग्रवालले फोहोर कम गरी वातावरण स्वच्छ र सुन्दर बनाउन थप रुख रोप्नुपर्नेमा जोड दिए।

जुलाई २७ मा गोविन्द गुप्ता र प्रियांशु गुप्ताले ऊर्जा बचत सत्रमा ऊर्जाको उपयोगलाई कसरी किफायती बनाउन सकिन्छ भनी व्याख्या गरे। सप्ताहको अन्तिममा वाणिज्य दूतावास परिसरमा आयोजना गरिएको फोहर बचत सत्रमा नेपाल खानेपानी संस्थान वीरगञ्जका प्रमुख निरन महर्जन र चार्टर्ड एकाउन्टेन्ट प्रियंका रौनियारले पानी खेर फाल्दा पानीको संकट उत्पन्न हुने विषयमा जानकारी दिदै सचेत गराएका थिए। 
 

विशेष