News

प्रधानमन्त्रीले भनेः भ्रष्टाचार विरुद्धको अभियान रोकिदैन, हेर्दै जानु होला अरु फाईल खुल्छन्

प्रधानमन्त्रीले भनेः भ्रष्टाचार विरुद्धको अभियान रोकिदैन, हेर्दै जानु होला अरु फाईल खुल्छन्

प्रधानमन्त्री एवम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनमा फाटो ल्याउने कसरत भईरहेको खुलासा गरेका छन्। सरकारले भ्रष्टाचारविरोधी अभियान सुरु गरेपछि गठवन्धन फुटाउने षडयन्त्र सुरु भएको उनले वताए।

समाजवादी मोर्चामा आबद्ध पार्टी निकटका विद्यार्थी संगठनहरूले आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले जस्तो सुकै अवस्था आएपनि भ्रष्टाचार र तस्करीकाविरुद्ध जेहाद छेड्ने कदम नरोकिने वताए।

उनले भ्रष्टाचार विरुद्धको अभियान राजनीतिक स्टन्ट नभएको दावी गरे। ‘हामीले भ्रष्टाचारविरोधी या बेथिति र विसंगतिविरुद्धको लडाइँ सुरु गरेपछि गठबन्धनमा फाटो पार्न, समाजवादी मोर्चा बनिसकेपछि समाजवादी मोर्चाका नेताहरूबीच पनि भ्रम सिर्जना गर्ने, आशंका उत्पन्न गर्ने अनेक खालका कसरतहरू भइराखेका छन’ उनले भने, ‘हामी ती सबै षड्यन्त्रहरूलाई परास्त गर्दै हाम्रो आफ्नो एकतालाई अझ बलियो पार्दै एकअर्काप्रतिको विश्वासको धरातललाई अझ बलियो बनाउँदै अगाडि बढ्नेमा दृढ छौं ।’

भ्रष्टाचार विरुद्ध या राज्यका सम्पत्ति व्यक्तिले दोहन गर्ने, शोषण गर्ने बेथितिविरुद्ध जेहाद छेडिएको उनको भनाई छ। ‘आउने दिनमा हेर्दै जानुहोला‚ अरु फाइल खुल्दै जानेवाला छन् । ग्राउन्डमा समर्थन प्राप्त नभइकन, एक्लै सरकार वा प्रधानमन्त्रीले मात्रै जितिने लडाइँ यो होइन’ उनले भने–‘आम जनता पनि साथमा भएपछि मात्रै यो ब्याटल हामीले जित्नेछौं ।’
 

विशेष