News

अर्घाखाँचीका युवा ३ महिनादेखि पोर्चुगलबाट सम्पर्कविहीन

अर्घाखाँचीका युवा ३ महिनादेखि पोर्चुगलबाट सम्पर्कविहीन

वैदेशिक रोजगारीका लागि पोर्चुगल गएका अर्घाखाँचीका एक युवा तीन महिनादेखि सम्पर्कविहीन छन् । भूमिकास्थान नगरपालिका–६ खिल्जीका २५ वर्षीय भूपाल दमासे सम्पर्क विहिन भएका हुन।

उनी वैशाख १३ गतेदेखि सम्पर्कविहीन भएको उनको परिवारले जनाएको छ। भूपालका बुबा झविरामले बेपत्ता छोराको खोजी गरिदिन सम्वन्धित निकायलाई आग्रह गरेका छन्। 

साढे दुई वर्षदेखि रोजगारीका लागि पोर्चुगल गएका भूपाल तोरेस भेदरस भन्ने ठाउँमा बसेर काम गर्दै आएका थिए। तर, वैशाख दोस्रो सातादेखि उनी वेपत्ता भएको श्रीमती मीराले बताईन। 
 

विशेष