News

हुम्लाका दुई गाउँमा बाढी र पहिरोको वितण्डा

हुम्लाका दुई गाउँमा बाढी र पहिरोको वितण्डा

हुम्लाको दुई वटा गाउँमा बाढी र पहिरोले वितण्डा मच्चाएको छ। सर्केगाड गाउँपालिका –२ का रिप तथा वडा नम्बर ८ को सर्केदेउ गाउँमा वाढीपहिरोले क्षति गरेको हो।

वाढी पहिरोका कारण मानवीय क्षति नभए पनि घर, जलविद्युत आयोजना, सडक, विजुली लगायतका भौतिक संरचनामा क्षति पुगेको जनाईको छ। रिप गाउँमा दुईतिरबाट खोलाको बाढी आएपछि गाउँमा भागाभग भएको थियो।

उक्त गाउँका करिव २० भन्दा वढि परिवालाई अन्यत्र सारिएको प्रहरीले जनाएको छ। जलविद्युत आयोजनामा  क्षति भएपछि गाउ अन्धकार भएको थियो। सडक र सञ्चार सम्पर्क पनि विच्छेद भएको छ ।

यसैगरी, सर्केदेउ गाउँका दलबहादुर रोकायको घर भत्किएको छ । अन्य क्षतीको विवरण आउन वाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपक मल्लले जानकारी दिए। घट्ना स्थलमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोली पठाइएको छ।
 

विशेष