News

सर्लाहीमा मोहरम मनाउने क्रममा दुई पक्षबीच झडप, प्रहरीसहित १० जना घाईते

सर्लाहीमा मोहरम मनाउने क्रममा दुई पक्षबीच झडप, प्रहरीसहित १० जना घाईते

सर्लाहीमा मुस्लिम समुदायको मोहरम पर्व मनाउने क्रममा दुई पक्षबीच झडप भएको छ। गोडैता बजारमा भएको झडपलाई नियन्त्रण गर्न प्रहरीलाई समेत हम्मेहम्मे परेको थियो।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । दुई समुदायबीच झडपको स्थिति सिर्जना भएपछि अश्रुग्यास र सामान्य बल प्रयोग गरीएको प्रहरीले जनाएको छ। एक प्रहरीका अनुसार प्रहरीले २६ सेल अश्रु ग्यास प्रहार र १६ राउन्ड हवाइ फायर गरेको छ।

मुस्लिम समुदायले मोहरम मनाइरहेका बेला अर्को समूह अगाडि बढ्न खोजेपछि प्रहरीले रोकेको थियो । त्यसलगत्तै उनीहरुले प्रहरीमाथि ढुंगामुढा र सिसाको बोतल प्रहार गर्न थालेपछि प्रहरीले आत्मरक्षाका लागि समान्य बल र अश्रुग्यास प्रहार गरी स्थिति नियन्त्रणमा लिएको एसपी नरेशराज सुवेदीले बताए।

झडपमा ६ प्रहरी र ४ स्थानीय गरी १० जना घाइते भएका छन्। ढुंगा लागेर गम्भीर घाइते भएका स्थानीय राजेश पटेलको हाल प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको डीएसपी दीपेन्द्र पञ्जियारले जानकारी दिए।

अहिलेसम्म घटनामा संलग्न कसैलाई पनि प्रहरीले पक्राउ गरेको छैन। दुई समुदायबीच थप मनमुटाव र झडप हुन नदिन दुवै पक्षलाई राखेर छलफल गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ। 
 

विशेष