News

टिकटकमा वदनाम भएपछि क्वाटरको रंग फेरेर प्रमाण नष्ट गर्दै दमकका प्रमुख प्रशासकीय अधिकृत

टिकटकमा वदनाम भएपछि क्वाटरको रंग फेरेर प्रमाण नष्ट गर्दै दमकका प्रमुख प्रशासकीय अधिकृत

डिभोर्सी महिलासँग अंकमालमा वेरिएको भिडिओ भाईरल भएपछि दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौला प्रमाण नष्ट गर्न लागेका छन्। सरकारी क्वार्टरमै एक महिलासँग अनैतिक कार्य गरेको भिडिओ सार्वजनिक भएपछि उनले कोठाको हुलिया परिवर्तन गर्न थालेका हुन।

नगरपालिका परिसरमा रहेको क्वाटरमा आइतबार बिहानैबाट रंगरोगन सुरु गरिएको छ। पहिलेको हरियो रंग बदलेर उनले पहेँलो रंग दल्न लगाएका छन् । घटना बाहिरिएपछि छानबिन हुने डरले उनले प्रमाण नष्ट गर्नका लागि क्वाटरस्थित बेडरुमको रंग परिवर्तन गरेको स्रोतको दावी छ।

टिकटकमा सार्वजनिक भएको भिडिओमा रक्सीले मस्त भएकी महिला निरौलाको क्वाटरभित्रैबाट टिकटक लाइभमा बसेकी थिइन् । त्यही क्रममा प्रशासकीय अधिकृत निरौलाले उनलाई स्पर्श र चुम्बन गरेको देखिन्छ । उनीहरूको संवादले अन्तरंग सम्बन्धमा छन् भन्ने अनुमान गर्न सकिन्छ । उनले म हस्बेन्डसँग छु भनेको पनि सुनिन्छ । यद्यपि, उनीहरु पतिपत्नी होइनन् ।

दमक घर भएका प्रमुख प्रशासकीय अधिकृत निरौला विवाहित र २ सन्तानका बाबु हुन् । उनका श्रीमती र छोराछोरी काठमाडौं बस्छन् । श्रीमती पनि उपसचिव रहेको जनाईएको छ। उनीसँग क्वाटरमा रहेकी महिला भने स्थानीय एक व्यवसायीकी पूर्व पत्न्नी हुन्, अहिले उनी डिभोर्स गरेर वसेको जनाईएको छ ।

दमक नगरपालिकाका कर्मचारीले भिडियोमा देखिएका व्यक्ति नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरौला नै भएको र भिडिओमा देखिएको कोठा पनि नगरपालिकाकै क्वाटर भएको पुष्टि गरेका छन् ।

निरौलाले भने भिडियो काठमाडौंमा खिचिएको र कसरी बाहिरियो भनेर आफू आश्चर्यमा परेको वताएका छन्। भिडिओ सार्वजनिक भएपछि कोठाको रंगरोगन गर्नु संयोग मात्रै भएको उनको भनाई छ। 

यो पनि,

विशेष