News

प्रचण्डलाई ज्ञावलीको चुनौतीः हिम्मत भए लडाकु शिविर र सुन काण्डमा महरामाथि छानविन गर

प्रचण्डलाई ज्ञावलीको चुनौतीः हिम्मत भए लडाकु शिविर र सुन काण्डमा महरामाथि छानविन गर

नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई ‘लडाकु शिविरमा भएको घोटाला छानबिन गर्ने आँट छ ?’ भन्दै प्रश्न गरेका छन्।

एमाले सुदूरपश्चिम प्रदेश स्कुल विभागको आयोजनामा आजबाट सुरु भएको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उनले दाहाललाई प्रश्न गरेका हुन। कार्यक्रम उद्घाट गर्दै उनले सरकारले प्रचारात्मक काम बढी गरिरहेको आरोप लगाए। हिम्मत भए लडाकु शिविरको छानबिन गर्न उनले चुनौती दिएका हुन् ।

भुटानी शरणार्थी र ललिता निवास प्रकरणमा मात्रै सरकार अल्झिएको भन्दै उनले २२ पटकसम्म सुन छाडेर २३ औँ पटकमा पक्राउ गरेको आरोप लगाए। त्यसमा पनि सरकारको कमजोरी रहेको भन्दै उनले ‘त्यसका मुख्य नाइके को को हुन् । खोज्नु पर्दैन ?’ भन्दै प्रश्न गरे।

‘२३ औँ पटकमा पक्राउ गरिएको रहेछ । २२ पटक सम्म त छुट्यो नि । ८ दिन पछि सुन निकालिसकेको गोदाममा छापा मारेर के गर्न खोजेको हो ? २२ पटकसम्म सुन तस्करी गर्नेहरूलाई खोज्नु पर्दैन ?’ उनले भने।

माओवादी उपाध्यक्ष कृष्ण बहादुर महाराका बाबुछोराको नाम पनि सुन तस्करीमा जोडिएको भन्दै उनले प्रधानमन्त्रीको हिम्मत भए त्यो कोणबाट पनि छानविन अघि वढाउन चुनौती दिए।
 

विशेष