News

मधेश सरकार छैठौं पटक पुनर्गठनः दुई जनाको राजिनामा, दुई जना थपिए

मधेश सरकार छैठौं पटक पुनर्गठनः दुई जनाको राजिनामा, दुई जना थपिए

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले छैटौं पटक मन्त्रिपरिषद् पुनर्गठन गर्दै दुई जना मन्त्री थपेका छन्। एक जना मन्त्री र एक जना राज्यमन्त्रीले आजै राजीनामा दिएपछि मुख्यमन्त्रीले सोमबार छैठौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

गृह सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी कांग्रेसका मोहमद समिमलाई र श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी जनमत पार्टीका चन्दन सिंहलाई दिईएको छ। नवनियुक्त मन्त्रीलाई आजै प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको शपथ गराएका छन् ।

मन्त्रालय खोसेर बिना विभागीय मन्त्री बनाइएका जनमतका वसन्त कुशवाहा र राज्यमन्त्री संजयकुमार यादवले आजै पार्टीको निर्देशनमा राजीनामा दिएका थिए। कुशवाहाले सम्हालेको भूमि व्यवस्था कृषि तथा सहाकारी मन्त्रालय जेठ ९ मा एकीकृत समाजवादीका गोविन्द न्यौपानेलाई दिईएको थियो।

त्यसयता दुवै जना विना विभागीय मन्त्री थिए । योसँगै मन्त्रिपरिषदले पूर्णता पाएको छ भने जसपाबाट विना विभागीय मन्त्री रहेकी सुरिता साह यथावत् छन् ।

विशेष