News

परस्त्रीसँग अश्लिल हर्कत गरेका दमकका हाकिमलाई मन्त्रालयले पठायो २४ घण्टे पत्र

परस्त्रीसँग अश्लिल हर्कत गरेका दमकका हाकिमलाई मन्त्रालयले पठायो २४ घण्टे पत्र

परस्त्रीसँग रोमान्स गर्दै गरेको भिडियो टिकटकमा भाईरल भएपछि विवादमा परेका दमकका प्रमुख प्रशासकिय अधिकृत डमरूप्रसाद निरौलालाई मन्त्रालयले २४ घण्टे पत्र काटेर हाजिर हुन वोलाएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार निरौलासँग केही कुरा बुझ्नुपर्ने भएकाले २४ घण्टाभित्र मन्त्रालयमा उपस्थित हुनु भन्दै पत्र काटेको हो। 

‘तपाईंसँग केही कुरा बुझ्नु पर्ने भएको हुँदा २४ घण्टाभित्र यस मन्त्रालयमा उपस्थित हुन साउन १५ को निर्णयानुसार अनुरोध छ,’ उक्त पत्रमा भनिएको छ। 

आफ्नो क्वार्टरमा एक युवतीसँग मापसे गर्दै टिकटकमा लाइभ आएपछि उनी विवादमा तानिएका हुन्। सरकारी क्वार्टरमा डिभोर्सी महिलासँग निरौला रक्सिले मदहोस देखिएका थिए। महिलाले टिकटकमा लाइभ कुराकानी गरिरहेका बेला निरौलाले उनीसँग अश्लील गतिविधि गरेको भिडियोमा देखिन्छ । महिलाले प्रतिक्रिया जनाउने क्रममा ‘म हस्वेन्डसँग छु’ भनेको पनि सुन्न सकिन्छ।

उनी स्थानीय एक व्यवसायीकी पूर्व पत्न्नी हुन् भने दमक घर भएका प्रमुख प्रशासकीय अधिकृत निरौला विवाहित र २ सन्तानका बाबु हुन् । उनका श्रीमती र छोराछोरी काठमाडौं बस्छन् । श्रीमती पनि उपसचिव रहेको जनाईएको छ। 

आलोचना भएपछि निरौलाले भिडियो काठमाडौंको भएको दाबी गरेका छन्। निरौला यस अघि पनि पटक–पटक विवादमा पर्दै आएका ब्यक्ति हुन। ताप्लेजुङको सीडीओ हुँदा पनि निरौला यस्तै गतिविधिका कारण कारबाहीमा परेका थिए भने झापामा सहायक सीडीओ हुँदा जग्गा किर्ते प्रकरणमा परेका थिए। 
 

विशेष