News अपराध सुरक्षा

ठगी प्रकरणमा सम्पत्ति सुद्धिकरणले केदारनाथ शर्माका आफन्तसँग पनि बयान लिने

ठगी प्रकरणमा सम्पत्ति सुद्धिकरणले केदारनाथ शर्माका आफन्तसँग पनि बयान लिने

सहकारीका बचतकर्ताको १४ अर्ब रुपैयाभन्दा बढी ठगेको आरोप लागेका केदारनाथ शर्माका आफन्त र उनले सम्पत्ति लुकाउन सक्ने आशंका गरिएका ब्यक्तिमाथि पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुशन्धान गर्ने भएको छ।

विभागले शर्मा र उनले सम्पत्ति लुकाएका व्यक्तिको बयान लिने तयारी थालेको जनाईएको छ । शर्माले करिव ६ अर्व रुपैयाँ भारतमा लगेर उतै कंपनी खोलेको पाईएको छ भने नेपालका विभिन्न ११ वटा कम्पनीमा लगानी गरेको खुलेको छ ।

शर्माले जग्गामात्रै करिब १०/१२ विगाहा किनेको जनाईएको छ। उदयपुर, धनुषा, मोरङ, झापा लगायतका ठाउँमा उनले जग्गा जोडेको भेटिएको विभागका प्रवक्ता कृष्ण मैनालीले बताए । उनले आफ्नो नाममा जोडेको सम्पत्तिको प्रारम्भिक मूल्यांकन नभए पनि ठगी गरेको रकमको हाराहारी सम्पत्ति राखेको भेटिएको वताईएको छ।

विभागले शर्मा आवद्ध विभिन्न संस्था, कम्पनीहरु तथा सम्पूर्ण चलअचल सम्पत्ति रोक्का राख्ने निर्णय गरिसकेको छ। प्रहरीले अनुसन्धान थालेपछि विभागका लागि समेत अनुसन्धान गर्न पत्राचार भएको थियो।

०७७ सालमा भक्तपुरमा शिव शिखर कृषि सहकारी र शिखर दीप बहुउद्देश्यीय सहकारी मर्ज भएर शिव शिखर बहुउद्देश्यीय सहकारी स्थापना भएको थियो । सहकारीको रकम हिनामिना गरेपछि उनी सम्पर्कविहीन भएका थिए । बचत गरेको रकम डुब्ने भएपछि बचतकर्ताहरुले प्रहरी र सहकारी विभागमा उजुरी गरेका थिए ।

शिव शिखर बहुउद्देश्यीय सहकारी वाहेक मोरङको तुलसी सहकारी अन्य सहकारीमा समेत उनले लगानी गरेका छन्। सवै सहकारीको माउ संस्था भने शिखर अर्गनाईजेसन हो। शर्माले अर्गनाईनेसनमा आफु, श्रीमती र छोरालाई कार्यकारी अधिकार दिएका थिए। सोही अर्गनाईजेसन मार्फत उनले अधिकांश सहकारी रकम संकलन गर्ने र अपचलन गर्ने गरेको पाईएको छ। 

यो पनि,

केदारनाथ शर्मा शिव शिखर शिखर अर्गनाइजेसन ज्ञानेन्द्र शर्मा तुलसी सहकारी

विशेष