News

कस्ले ल्यायो २ महिनामै ७५० किलो सुन, सुन भएको कार्टुन चिन्न ‘विच्याटको बारकोड’

कस्ले ल्यायो २ महिनामै ७५० किलो सुन, सुन भएको कार्टुन चिन्न ‘विच्याटको बारकोड’

विमानस्थल भन्सारबाट जाँचपासपछि वाहिरिएको सय किलो सुन प्रकरणमा अनुशन्धान गरिरहेको राजश्व अनुशन्धान विभागले पछिल्लो दुई महिनामै हङकङबाट ७५० किलोभन्दा बढी सुन नेपाल भित्रिसकेको तथ्य फेला पारेको छ।

हङकङबाट ब्रेक शुमा प्याक गरेर नेपाल ल्याएपछि त्रिभुवन विमानस्थल र त्यहाँ रहेको भन्सार कार्यालयका केही कर्मचारीको सेटिङमा सुन बाहिर पु¥याउने गरेको देखिएको अनुशन्धानले देखाएको छ।

विमानस्थल बाहिर पु¥याएपछि गोदाममा राख्ने र विक्रि गर्ने गरेको खुलेको छ। बालुवाटारमा चिनियाँले सञ्चालन गरेको गोदाममा सुन गाल्ने मेसिन फेला परेको छ भने टोखास्थित कृषि फार्मबाट पनि केही मेसिनहरु बरामद भएका छन।

बालुवाटारस्थित जिक्वाङ लिनको कारखानामा लगेर सुन गालेर निकाल्ने र त्यसपछि ब्रेक शु लगेर सोह्रखुट्टेको गोदाममा राख्ने गरिएको पाइएको छ। छुट्याइएको सुन टोखास्थित कृषि फार्मभित्रको कारखानामा लगेर प्रशोधन गर्ने अनि यहीँबाट भारती बजारसम्म पु¥याउने गरेको राजश्वको अनुमान छ।

साउन २ मा सिनामंगलबाट करिब सय किलो सुन समातेको विभाग यसको मालिक खोज्दै जाँदा कृषि फर्ममा सञ्चालित सुन प्रशोधन स्थानसम्म पुगेको छ। राजेश अडुकिया, दीपक मलहोत्रा र सञ्जय बबैयामाथि अनुसन्धान केन्द्रित गरेको राजश्वको टोलीले शनिबार तिब्बती मूलका बेल्जियम नागरिक दावा छिरिङलाई पनि नियन्त्रणमा लिएको छ।

सुन तस्करीमा पनि प्रविधिको प्रयोग गरेको भेटिएको छ। तस्करहरुले ‘ब्रेक शु’को कार्टुनमा सुन भए नभएको छुट्याउन ‘वीच्याटको बारकोड’ प्रयोग गरेको पाइएको छ। भित्र सुन राखिएका ब्रेक शु खोलेको र नराखिएका कार्टुन नखोलिएको पाईएपछि विभागले यस विषयमा अनुसन्धान गरेको थियो।

सोह्रखुट्टे गोदाममा ६६ काटन बे्रक शु भेटिएकोमा अधिकांश कार्टुन खोलिएका थिए। खोलिएका कार्टुनमा सुन नै रहेको राजस्व अनुसन्धान विभागका कर्मचारीहरुको दावी छ। नेपाल आएका ब्रेक शु राखिएका हरेक प्याकेटको बाहिर बारकोडको स्टिकर छ। वीच्याट खोलेर त्यो बारकोड स्क्यान गरेपछि भित्र सुन छ भने गोल्ड भनेर देखाउने गरेको विभागका एक कर्मचारीले वताए।

नेपालमा सुन तस्करीमा यसरी प्रविधिको प्रयोग भएको संभवतः पहिलो पटक भएको उनले वताए। 

सुन तस्करी

विशेष