‘लेट मि इन’मा एनआईसी एशिया बैंकका ग्राहकलाई १० प्रतिशतसम्म छुट
एनआईसी एशिया बैंकका ग्राहकले काठमाडौंस्थित नयाँ बानेश्वर र महाराजगञ्जमा सञ्चालित कोरियन स्किन हस्पिटल ‘लेट मि इन’ले प्रवाह गर्ने सेवामा १० प्रतिशतसम्म छुट पाउने भएका छन् ।
हस्पिटल र वैंकका विचमा छुट दिने बारे सम्झौता भएको छ। छुट सम्बन्धी समझदारी पत्रमा बैंकको तर्फबाट डिजिटल पेमेन्ट इकोसिष्टम प्रमुख विमल लम्साल र हस्पिटलको तर्फबाट निर्देशक मा दोङ सुले हस्ताक्षर गरे ।
सम्झौताअनुसार एनआईसी एशिया बैंकका मोबाइल बैंकिङ्ग, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोगकता ग्राहकले फाइदा लिन सक्ने छन्।
हस्पिटलले प्रवाह गर्ने सबै प्रकारका फेसियल र उपचारमा यो छुट उपलब्ध हुने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
डिजिटल च्यानलबाट हुने कारोबारलाई वृद्धि गर्दै डिजिटल भुक्तानीलाई बढी भन्दा बढी सेवाग्राहीहरु समक्ष पु¥याउने हेतुले बैंकले यस सहकार्यलाई अगाडि बढाएको हो।