News

प्रचण्डले माओवादी नेतालाई भने– जो कोहीसँग फोटो नखिच्नू

प्रचण्डले माओवादी नेतालाई भने– जो कोहीसँग फोटो नखिच्नू

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जोसुकैसँग र जतिवेला पनि फोटो नखिच्न नेताहरुलाई निर्देशन दिएका छन्।

सोमबार बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा दाहालले नेताहरूको फोटोलाई अनुसन्धान नै प्रभावित हुने गरी प्रचार गरिएको भन्दै अवदेखि यस्तो विषयमा सचेत हुन आग्रह गरे।

नेता भएपछि जस्ता मान्छेसँग पनि भेट हुने बताउँदै उनले भने ‘भेटौं, फोटो खिचौं भन्ने मान्छेहरूलाई नाइँ भन्न नि कठिन नै हुन्छ तर पनि विचार पु¥याउनुहोला।’

बैठकमा अध्यक्ष दाहालले सय किलो सुन बरामदसम्बन्धी प्रकरणलाई जरैसम्म पुगेर छानबिन गर्ने र दोषीलाई उम्किन नदिने बताएका थिए।

उपमहासचिव वर्षमान पुनले आरोपीसँगको आफ्नो पुरानो फोटो जोडेर सामाजिक सञ्जालमा चरित्र हत्या गर्न खोजिएको भन्दै छानबिनका लागि समिति बनाउन माग गरेका थिए। 
 

विशेष