हिन्दु समुदायमाथिको ज्यादती रोक्न माग गर्दै माईतीघर मण्डलामा अभियानको धर्ना

पर्वको आडमा मुस्लिम समुदायले हिन्दुहरुमाथि ज्यादती गरेको भन्दै राष्ट्रिय एकता अभियानले आज माइतिघर मण्डलामा धर्ना दिएको छ। धर्ना कार्यक्रम साढे १२ वजेपछि साँझ ६ वजेसम्मका लागि आयोजना गरिएको हो।
धर्नामा अभियानका केन्द्रीय अध्यक्ष विनय यादव, संविधान सभा सदस्य वीपी यादव, अभियानको राष्ट्रीय सम्मेलन आयोजन समितिका महासचिव डा. प्रभात कुशवाहा, बिधर्थी परिषदका पप्पू यादव, धीरज गिरी, चन्द्र यदुवंशी, दिवस पटेल, अबिनाश यादवलगायत सहभागी छन्।
‘मधेश प्रदेशमा जारी हिन्दू दमनविरुद्ध खबरदारी धर्ना’ लेखिएको ब्यानरसहित धर्नामा वसेका सहभागिहरु हिन्दुमाथि भईरहेको ज्यादती विरुद्ध नाराजुलस पनि गरेका छन्।
सहभागिहरुले ‘मुस्लिम पर्वको आडमा हिन्दूमाथि गरिएको आक्रमणकमा सम्मिलितहरूलाई कारवाही गर, जिहादीहरुको आक्रमणबाट घाइते हिन्दूहरुको निशुल्क उपचारको व्यवस्था गर, इस्लामिक अतिक्रमणविरुद्ध कड़ा कÞानून बनाउ, जिहादी संरक्षक राष्ट्रिय मुस्लिम आयोग खारेज गर र जानकी मन्दिरसँगैको मुस्लिम वस्ती खाली गर’ लगायतका नारा लगाएका थिए।
सर्लाहीमा शनिवार मुस्लिम समुदायको मोहरम पर्व मनाउने क्रममा दुई पक्षबीच झडप भएको थियो। गोडैता बजारमा भएको झडपमा ६ प्रहरीसहित १० जना घाईते भएका थिए। हिन्दु–मुस्लिम झडप नियन्त्रण गर्न प्रहरीले २६ सेल अश्रु ग्यास र १६ राउन्ड हवाइ फायर गरेको छ।