News

यतीको विमानमा मुसा भेटिएपछि राष्ट्रिय सभाका अध्यक्ष पोखरामा अलपत्र 

यतीको विमानमा मुसा भेटिएपछि राष्ट्रिय सभाका अध्यक्ष पोखरामा अलपत्र 

उड्न ठिक्क परेको यती एयरलाइन्सको विमानमा मुसा देखिएपछि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासहितका यात्रु पोखरामा अलपत्र परेका छन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने वेलामा मुसा देखिएपछि उक्त विमानको उडान रोकिएको छ ।

राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना पनि त्यही जहाजमा काठमाडौं आउँदै थिए। उक्त जहाजमा मुसा भेटिएपछि उनी अर्कै विमानमा काठमाडौं आउने तयारीमा छन् ।

पोखरा विमानस्थलले जनाए अनुसार यती एयरको उडान नम्बर ६७८ को जहाजमा मुसा देखिएको हो । 
 

विशेष