संगीतमा गायक दीपक बज्राचार्यको नयाँ प्रयोगः ‘प्रोजेक्ट नजिक’
तीन दशकदेखि सांगीतिक क्षेत्रमा अहोरात्र खटिएका लोकप्रिय गायक दीपक बज्राचार्यले सांगीतिक कोसेलीहरुको नयाँ प्याकेज ‘प्रोजेक्ट नजिक’ ल्याउने भएका छन्।
नयाँ र केही पुराना गरी करिब ९ वटा गीतलाइ नयाँ शैलीमा दर्शक–श्रोताहरु माझ पुर्याउन उनले ‘प्रोजेक्ट नजिक’ ल्याउन लागेका हुन। यो नयाँ प्रयासलाई म्युजिक भिडियोमा मात्र सिमित नराखी फरक शैलीमा प्रश्तुत गर्ने तयारी छ।
उनी ‘प्रोजेक्ट नजीक’ लिएर देश तथा विदेशमा बस्ने दर्शक–स्रोतामाझ पुग्ने तयारीमा छन्।
के हो त ‘प्रोजेक्ट नजीक’ ?
प्रोजेक्ट नजीक एउटा ‘डीजाइनिङ्ग शो’ हो जसलाई ३ खण्डमा बाँडिएको छ।
स्पट लाइट इभेन्ट (अनप्लग लाइभ)
यस खण्डमा आफ्नो गीतलाई फरक शैलीको प्रस्तुतिका साथ अहिलेसम्म नसुनिएका र नगरिएका कुराकानीहरु पनि गरिनेछ ।
नजीक मोमेन्ट (मिट एण्ड ग्रीट)
दर्शक–श्रोतालाई अझ नजीकबाट चिन्न र चिनाउन तथा केहि समय संगै बिताएर त्यो रमाइलो पललाई केहि तस्बीरहरुमा कैद गर्ने कोसिस यो खण्डामा गरिनेछ ।
इडीएम सेसन (अपबिट कन्सर्ट)
यो खण्डमा कार्यक्रमको मजा लिदै नाच्न, गाउन र रमाउन गर्त पाईने छ। जसमा नयाँ तथा पुराना गीतहरुको प्रस्तुति रहने छ।
प्रोजेक्ट नजीकको मुख्य उद्धेश्य पर्फर्मर र दर्शक बीच निकटता ल्याउनु भएको जनाईएको छ। प्रोजेक्टको विशिष्ठ खण्डको पहिलो झलक अन्तर्गत नयाँ गीत ‘एक्लो’ रिलिज गरिएको छ भने करिब २ महिनाको बिचमा अन्य गीतहरु पनि सार्वजनिक गरिने जनाईएको छ ।