फूल टिप्न हिडेकी वृद्धाको जंगली हात्तीले ज्यानै चुँडायो

झापामा फूल टिप्न हिडेकी वृद्धाको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ। मेचीनगर नगरपालिका–१० की ८० वर्षीया पन्नादेवी साहको हात्तीको आक्रमणमा मृत्यु भएको हो।
आज बिहान पूजाका लागि फूल टिप्न जाने क्रममा साहलाई जङ्गली हात्तीले कुल्चेका वडा नम्बर १० का अध्यक्ष नारायण खनालले बताए । भारतको सिलगुढी निवासी उनी एक वर्षअघिदेखि छोरीको घरमा बस्दै आएकी थिइन् ।
५ दिनअघि पनि जंगली हात्तीले किचेर हल्दिबारी गाउँपालिका–२ का ५३ वर्षीय गिरेन कर्मकार्यको मृत्यु भएको थियो। च्याउ टिप्ने क्रममा उनलाई हात्तीले किचेको थियो।
डिभिजन वन कार्यालय झापाका अनुसार चालु आर्थिक वर्षमा मात्रै हात्तीको आक्रमणमा परी ८ जनाको मृत्यु भईसकेको छ।
हात्ती