देवरलाई पति बनाएर छोराछोरीको नागरिक्ता बनाउन खोज्दा सक्कली पतिले दावी गरेपछि...

देवरलाई बाबु वनाएर छोराछोरीको नागरिक्त निकाल्न खोज्दा बुटवलमा एक महिला र उनका श्रीमान पक्राउ परेका छन्। बुटवल उपमहानगरपालिका–१ का वडाध्यक्ष नरेन्द्र बस्नेतले बुटवल १ का ४३ वर्षीय रमेश कसौधन र ४२ वर्षीया सीता कसौधनका ३ जना छोराछोरी रहेको भन्दै नागरिकताका लागि सिफारिस गरेका थिए।
तर अनुसन्धानका क्रममा रमेश र सीताबाट अहिलेसम्म कुनै पनि सन्तान नजन्मिएको खुलेको छ। उनीहरुले दुई किशोरी र एक किशोरलाई आफना छोराछोरी भन्दै नागरिक्ता दिलाउने प्रयास गरेका थिए। ०५५ साल १० महिना ५ गते र ०५९ साल १ महिना १७ गते जन्म मिति भएका दुई किशोरी तथा ०५६ साल ११ महिना ५ गते जन्म मिति भएका एक किशोरको नागरिक्ता नाउने तयारी थियो।
नागरिकता बनाउन इलाका प्रशासन कार्यालय बुटवलमा पुगेका उनीहरूको सिफारिस झुठा भएको गोप्य सूचनाका आधारमा प्रशासनले उनीहरूलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बुटवलको जिम्मा लगाएको छ।
प्रहरीको अनुशन्धानमा अनुसन्धानमा उनीहरू रमेशका दाजु राजकुमार कसौधन र सीता कसौधनका भएको अनुसन्धानबाट खुलेको छ। राजकुमार र सीताबाट ३ छोराछोरी भएपछि सीताले आफ्नै देवर (रमेश) सँग विवाह गरेकी थिइन्। राजकुमार रोजगारीका लागि भारत गएपछि सीताले रमेशसँग विवाह गरेको पाईएको छ।
नागरिकता बनाउन सिफारिस लिन जाँदा उनीहरुले ३ वटै सन्तान आफनै भएको विवरण पेश गरेका थिए। यता, राजकुमारले तीन सन्तान आफ्नो भएको दावी गर्दै प्रहरीमा वयान दिएका छन्। आफू रोजगारीका लागि भारत गएका बेला श्रीमतीले रमेशसँग बिहे गरेको उनको भनाई छ।
इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी दानबहादुर थापाले सीताका आफ्नै सन्तान भए पनि रमेशले दाजुका सन्तानलाई आफ्ना नामबाट नागरिकता दिन लागेको भेटिएको बताए । उनका अनुसार सीताका पति ३ सन्तान जन्माएर भारततिर गएर नफर्केपछि देवर रमेशसँग विवाह गरेकी थिइन् ।
रमेशले बाबुका रूपमा आफ्नो नाम दिएर हुर्काएकाले आफ्नै नामबाट नागरिकता बनाउन लागेका थिए । सन्तानका बाबु भने नागरिकताविहीन छन् । उनीहरूलाई नागरिकता प्रदान गर्नका लागि बुटवल उपमहानगर वडा नम्बर १ का अध्यक्ष नगेन्द्र बस्नेतले सिफारिस गरेका थिए ।
वडाध्यक्ष बस्नेतले भने रमेश र सीताबाटै सन्तान जन्मेको तर जेठी सन्तानको बिहे भए पनि अविवाहित भनी रमेशले वडामा झुटो विवरण दिएको बताए।