News

मन्त्रीको निर्देशनमा नाट्य प्रज्ञा प्रतिष्ठानको जग्गा कौडीको भाउमा लिजमा दिने तयारी

प्रतिष्ठानका कुलपतिलाई दबाब, नटेरेपछि १० प्रतिशत कमिशनको प्रश्ताव

मन्त्रीको निर्देशनमा नाट्य प्रज्ञा प्रतिष्ठानको जग्गा कौडीको भाउमा लिजमा दिने तयारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवम नेकपा माओवादी केन्द्रका नेता सुदन किराती एकपछि अर्को विवादमा ताँनिदै गएका छन्।

आफू मातहतका कर्मचारी (नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी) समेतले टेर्न छोडेपछि धर्म संकटमा परेका किराँतीको पछिल्लो एउटा विवादको विषय हो– नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको स्वामित्वको १५ रोपनी जग्गा हडप्ने प्रयास।

बाल मन्दिरबाट प्रतिष्ठानको स्वामित्वमा आएको उक्त जग्गा मन्त्रीकै निर्देशनमा कब्जा गर्ने प्रयास भईरहेको स्रोतको दावी छ। मन्त्री किरातीको चाहनामा उक्त जग्गामा व्यावसायिक प्रयोजनका लागि नयाँ भवन बनाएर निजी क्षेत्रलाई ठेक्कामा दिने अन्तिम तयारी भईरहेको जनाईएको छ।

त्यसका लागि किराँतीले प्रतिष्ठानका कुलपति निशा शर्मा पोखरेललाई दबाब दिएको स्रोतको भनाइ छ।  जग्गा बजारमूल्यभन्दा निकै कम मूल्यमा लिजमा दिने मन्त्री किरातीको निर्देशनका कारण पोखरेल भने असन्तुष्ट छिन्। उक्त जग्गा निजी क्षेत्रलाई दिए ललिता निवास प्रकरणमा जस्तै भविष्यमा आफू विवादमा पर्न सक्ने डरले पोखरेल डराएको वताईन्छ।

कुलपति पोखरेल र अन्य कर्मचारी भने कुनै अन्तर्राष्ट्रिय निकायबाट सहयोग लिएर उक्त जग्गामा आफैंले सभा भवन बनाउन पक्षमा छन्। तर, परिषद्का सचिव कुश्मा महरा र श्रव्यदृश्य प्रमुख चेतन सापकोटाले मन्त्री किराँतीको योजनाअनुसार नीजि कम्पनीलाई दिएर भवन बनाउन र त्यसलाई भाडामा लगाउन चाहेका छन्।

जग्गा कब्जा गर्न खोजेको समुहले कुलपति पोखरेललाई १० प्रतिशत कमिसन दिने प्रलोभन समेत दिएको स्रोत वताउँछ। मन्त्रीकै अगाडि पोखरेलले कमिशनको पोल खोलेको कर्मचारी स्रोत बताउँछ। यो जग्गा प्रतिष्ठानका नाममा ल्याउन नदिन मुद्दामामिला समेत भएको थियो।

जग्गा आफनो नाममा ल्याउन प्रतिष्ठानले करिब साढे ५ करोड रजिस्ट्रेसनबापत खर्चसमेत गरेको छ। मन्त्रीका प्रेस संयोजक राजन समीपले त्यस्तो जग्गा अहिलेसम्म लिजमा नदिएको दाबी गरे। यो विषयमा चर्चामा आउन थालेपछि प्रतिष्ठानका कुलपति पोखरेल र सदस्य सचिव कुश्मा महरालो विज्ञप्ति जारी गर्दै जग्गा कब्जा गर्न खोजेको विषय झुठो भएको दावी गरेका छन्।

यो पनि,

सुदन किराँती

विशेष