News

‘आषाढ पूर्णिमा’ को अवसरमा भारतीय दूतावासद्वारा कार्यक्रमको आयोजना

‘आषाढ पूर्णिमा’ को अवसरमा भारतीय दूतावासद्वारा कार्यक्रमको आयोजना

काठमाण्डौं स्थित भारतीय दुतावासमा सोमवार ‘आषाढ पूर्णिमा’ को अवसर पारी एक कार्यक्रम गरेको छ। अन्तर्राष्ट्रिय बौद्ध परिसंघको सहकार्यमा दूतावासस्थित स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रमा कार्यक्रमको आयोजना गरिएको थियो।

बिहारको बोधगयामा बुद्धत्व प्राप्त गरेपछि भगवान बुद्धले उत्तर प्रदेशको सारनाथमा आफ्ना पहिलो पाँचजना तपस्वी चेलालाई दिएको उपदेशलाई आषाढ पूर्णिमाको दिन विशेष स्मरण गरिन्छ । धर्म चक्रको पहिलो फन्कोको रुपमा लिईने यो उपदेशमा बुद्धले ‘चार आर्य सत्य’ र ‘आर्य अष्टाङ्गिक मार्ग’ बारे बताएको वताईन्छ।

कार्यक्रममा महायाना संघ र थेरावडा संघले भगवान बुद्धको प्रार्थना र त्यसपछि चार बौद्ध सूत्रको प्रार्थना गरिएको थियो। कार्यक्रममासंस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले बौद्ध धर्म भारत र नेपाललाई सदियौंदेखि जोड्ने बन्धनमध्येको एक भएको बताईन। उनले बौद्ध र अन्य धार्मिक सर्किटको निर्माणले आधुनिक समयमा भारत र नेपालबीचको सभ्यतागत सम्बन्धलाई सुदृढ बनाउने विश्वास व्यक्त गरिन।

दूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले बुद्धले दिएको शिक्षाको महत्वबारे चर्चा गर्दै भारत र नेपालमा रहेका बौद्ध धर्मका पवित्र स्थलहरुले दुई देशबीचको साझा सांस्कृतिक सम्पदालाई प्रतिबिम्बित गरेको बताए।

कार्यक्रममा लुम्बिनी गुम्बाक्षेत्रमा निर्माण हुने भारत अन्तर्राष्ट्रिय बौद्ध संस्कृति तथा सम्पदा केन्द्रको डिजाइन तथा विशेषताबारे तयार पारिएको भिडियो पनि प्रस्तुत गरियो । सन् २०२२ मे महिनामा बुद्ध पूर्णिमाको अवसरमा भएको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका क्रममा मोदी र नेपालका पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त रुपमा सो केन्द्रको शिलान्यास गरेका थिए।

अन्तर्राष्ट्रिय बौद्ध परिसंघका सचिव खेन्पो छिमेदले स्वागत तथा महत्वबारे प्रकाश पारेको कार्यक्रममा नेपालका विभिन्न बौद्ध सम्प्रदाय र गुम्बाका प्रतिनिधिका साथै लुम्बिनी विकास कोषका पदाधिकारीहरुको सहभागिता थियो ।

विशेष