News

हर्क साम्पाङ र इटहरीका मेयरबीच पानीपियाको जंगलमा तनाव

हर्क साम्पाङ र इटहरीका मेयरबीच पानीपियाको जंगलमा तनाव

धरानका मेयर हर्क साम्पाङ र इटहरीका मेयर हेकमर्ण पौडेलबीच पानीपियाको जंगलमा तनाव भएको छ। पानीपियाको जंगल कब्जा गर्ने मनसायका कारण दुवै मेयरबीच तनाव भएको हो।

दुवै मेयर जंगल आफनो क्षेत्रमा पार्न कोशी राजमार्गमा प्रतिस्पर्धा गरिरहेका छन्। धरान उपमहानगरपालिकाका मेयर साम्पाङले सुरु गरेको यो प्रतिस्पर्धा अहिले उत्कर्षमा छ। दुवै पक्ष एक अर्काले राखेको ‘सीमा प्रारम्भको बोर्ड’ फाल्न सकृय छन्।

इटहरी र धरानबीचमा चारकोसे जंगल र पानीको स्रोत छ । यही स्रोतका कारण दुवै पक्ष सीमामा विवाद गरिरहेको वताईन्छ। दुई नगरबीचको सीमा क्षेत्र सेउती खोलाको पुललाई मानिन्छ । इटहरीले पानीपिया भन्दा ५ किलोमिटर उत्तरमा रहेको सोही पुललाई नै धरानसँगको साँध मानेको छ।

२०१० साल भन्दा अगाडिदेखि इटहरी– धरानको सिमाना सेउती पुल रहेको इटहरीका मेयर पौडेलको दाबी छ । तर, गत वैशाखमा साम्पाङले इटहरीतर्फ छिरेर ‘सीमा प्रारम्भको बोर्ड’ लगाएपछि दुई उपमहानगरबीच विवाद सुरु भएको हो। पानीपियामा बोर्ड राख्नु अघि  इलाका प्रहरी कार्यालय इटहरी र धरानले सेउती खोलाको वारिपारि राखेको सीमा प्रारम्भको बोर्ड पनि साम्पाङले नगरप्रहरी लगाएर हटाएका थिए ।

साम्पाङले बोर्ड राखेको क्षेत्र इटहरीको २० नम्बर वडामा पर्ने जनाईएको छ। त्यो बोर्ड वैशाख १० गते युवा संघ इटहरीले हटाएको थियो । त्यसपछि साम्य भएको विवाद सोमबार धरानका मेयरले बोर्ड राखेपछि पुनः सुरु भएको छ ।

सोमबार धरानले राखेको बोर्ड पनि इटहरीका मेयर पौडेलले नगरप्रहरी लगाएर हटाएको उनका प्रेस संयोजक धनबहादुर पुरीले बताए । 

हर्क साम्पाङ सीमा विवाद

विशेष