News

पाल्पामा दुई भन्दा वढि सन्तान जन्माउने आमाबुबालाई ५ हजार भत्ता

पाल्पामा दुई भन्दा वढि सन्तान जन्माउने आमाबुबालाई ५ हजार भत्ता

गाउँमा जनसंख्या घटेको भन्दै पाल्पाको रिब्दीकोट गाउँपालिका– १ ख्याहाले जनसंख्या वृद्धिका लागि तीन वा तीनभन्दा वढि वच्चा जन्माउनले आमाबुवालाई  प्रोत्साहन भत्ता दिने भएको छ।

तीन सन्तान जन्माएर वडामा जन्मदर्ता गराउन आउने आमाबुवालाई प्रोत्साहन भत्ता बापत नगद ५ हजार दिईने वडाध्यक्ष चिरञ्जीवी पोखरेलले बताए। उनको अनुसार बच्चाको जन्म दर्तासँगै उनीहरूले भत्ता पनि पाउने छन्।

यो कार्यक्रम साउन महिनादेखि लागू हुनेछ। अहिले बढीमा दुई सन्तान जन्माउने चलन छ। वडामा जनसंख्या वृद्धि गर्नका लागि यो नीति लिएको पोखरेलले बताए। गाउँमा जनसंख्या घट्दै गएको र काम गर्ने जनशक्तिको अभाव हुन थालेपछि यस्तो योजना ल्याईएको उनको भनाई छ।

‘गाउँमा जेष्ठ नागरिक र अधिकांश महिला मात्रै छन्। जंगली जनावर घरभित्रै पसेर अन्नपात खोसेर लैजाने गरेका छन्। यसको रोकथामका लागि जन्मदर बढाउनुपर्छ’ उनले भने–‘नत्र कृषिलाई प्राथमिकता दिएर बजेट विनियोजन गर्नुको कुनै अर्थ छैन्। आधुनिक प्रविधिको उपयोग गर्ने जनशक्ति छैनन।’

गाउँका विद्यालय रित्तिँदै गएको उनले गुनासो गरे। पहिला जनसंख्या बढी थिए। विद्यालय थोरै थिए। अहिले तीनै विद्यालयमा पढ्ने बालबालिका छैनन्। सरकारले विद्यार्थी नभए विद्यालय मर्ज गर्ने नीति लिएको छ। ‘नजिकको विद्यालयलाई टाढाको विद्यालयमा मर्ज गर्दा बालबालिका अध्ययन गर्न जान छाडेका छन्’ उनले थपे–‘बजारमा बसेर पढ्ने उनीहरूको आर्थिक अवस्था छैन। घण्टौ हिंडेर विद्यालय जानुपर्ने बाध्यताले बालबालिका पढ्नबाट वञ्चित भएका छन्।’
 

पाल्पा

विशेष