News Technology

ट्वीटरलाई चुनौती दिन ‘थ्रेड्स’ लञ्च गर्दै मेटा, एलन मस्कका सर्तले प्रयोगकर्ता हैरान

ट्वीटरलाई चुनौती दिन ‘थ्रेड्स’ लञ्च गर्दै मेटा, एलन मस्कका सर्तले प्रयोगकर्ता हैरान

ट्वीटरले हरेक दिन नयाँ नयाँ सर्त राखेर उपभोक्तालाई हैरानी दिईरहेका वेला मेटा कम्पनीले ट्वीटर जस्तै माईक्रो ब्लगिङ साईट लञ्च गर्ने भएको छ।

फेसबुकका मालिक मार्क जुकरबर्गको कम्पनी मेटाले अहिले फेसबुक, मेसेन्जर, इन्स्टाग्राम र ह्वाट्सएप चलाइरहेको छ। सोही कम्पनीले अव आउने बिहीबार ‘थ्रेड्स’ नामक एप लञ्च गर्न लागेको समाचार संस्था रोयटर्सले जनाएको छ।

ट्विटरका मालिक एलन मस्कले दैनिक हेर्न पाउने ट्विटको सीमा निर्धारण गरेका छन्। त्यसपछि धेरै प्रयोगकर्ताले विकल्प खोजिरहेका बेला मेटाले ट्विटरजस्तै नयाँ एप ल्याउन लागेको हो।

थ्रेड्स प्रयोगकर्ताको इन्स्टाग्राम खातासँग लिंक हुनेछ। इन्स्टाग्रामको खाताबाट थ्रेड्समा लगइन गर्न र इन्स्टाग्राम फलो गरेका मानिसहरूलाई थ्रेड्समा पनि फलो गर्न सकिने बताइएको छ। 
 

ट्वीटर मार्क जुकरबर्ग फेसबुक थ्रेड्स मेटा

विशेष