अमेरिकामा सुटिङका क्रममा शाहरुख खान घाइते, अप्रेशन गरियो

भारतीय फिल्मी अभिनेता शाहरुख खान फिल्म सुटिङका क्रममा घाइते भएका छन्। उनको शल्यक्रिया गरिएको छ।
दैनिक भास्करका अनुसार अमेरिकामा सुटिङका क्रममा शाहरुख दुर्घटनामा परेर घाईते भएका हुन। उनको नाक र अनुहारमा गहिरो चोट लागेको छ। चोटका कारण शाहरुखको सानो शल्यक्रिया गरिएको छ।
शल्यक्रिया र स्वास्थ्यमा सुधार आएपछि उनलाई मुम्बई ल्याइएको जनाईएको छ। पछिल्लो केही दिनदेखि उनी अमेरिकाको लस एन्जलसमा फिल्मको सुटिङ गरिरहेका थिए। ३१ वर्ष फिल्म उद्योगमा काम गरिसकेका खान सुटिङका क्रममा धेरैचोटि घाइते भइसकेका छन्।