रवि लामिछानेलाई मुद्दा हाल्दा–हाल्दा आफै पार्टी खोल्दै युवराज सफल

रवि लामिछानेलाई मुद्दा हाल्दा–हाल्दा वाक्क पारेका युवराज पौडेल (सफल)ले पार्टी खोल्ने भएका छन्। रविको विरोध गर्ने क्रममा अन्तरवार्तामै अतिथीलाई हात हाल्नेदेखि सडकमै कुटाईसम्म खाएका सफल आफै पार्टी खोल्ने तयारीमा लागेका हुन।
सफलले स्वतन्त्र नेपाली नामको पार्टी खोल्न लागेका हुन। पार्टीको नीति मौलिक हुने र त्यसको दर्ता प्रकृया अघि वढिसकेको उनले वताएका छन्।
पार्टीले राजालाई पनि स्थान दिने बताएका उनले भने–‘सांस्कृतिक रूपमा केही स्थान दिएर राजालाई पनि राख्न सकिन्छ । त्यसको मोडालिटी तय हुन बाँकी छ।’
पार्टीको झण्डा र चुनाव चिह्न तय भैनसकेको उनले बताए । पार्टीमा सुप्रिम लिडर, हाइ लिडर र लिडर गरी तीन तहका संरचना हुनेछ । ती संरचना केन्द्रीय समितिभन्दा माथि हुनेछ । पाँचदेखि सात जना हाइ लिडर र १३ जनासम्म लिडर हुनेछन् । केन्द्रीय कमिटीको अध्यक्ष र सदस्यहरू अन्य पार्टीहरूको जस्तै हुने उनले जानकारी दिए ।