News

थुतुनु सम्हाल्न नसक्दा आलोचनाको केन्द्रमा प्रचण्डः भन्छन्– मेरो भनाई होईन

एमाले नेताले प्रतिनिधि सभामै भने ‘प्रधानमन्त्री पनि भनौं कि नभनौं खै !’

थुतुनु सम्हाल्न नसक्दा आलोचनाको केन्द्रमा प्रचण्डः भन्छन्– मेरो भनाई होईन

प्रधानमन्त्री पुष्पकमल दाहालले ‘आफुलाई प्रधानमन्त्री बनाउन एउटा ब्यक्ति धेरै पटक दिल्ली धाएको’ भन्दै नेपालका प्रधानमन्त्री भारतको इसारामा वन्छन भन्ने आसयमा अभिब्यक्ति दिएपछि उनको चौतर्फी आलोचना भईरहेको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभाको वैठकमै यो विषय उठाएर प्रधानमन्त्री राजिनामा समेत मागेको छ। बुधवारको वैठकमा राजिनामा माग्ने क्रममा एमाले नेता रघुजी पन्तले ‘सम्माननीय प्रधानमन्त्री पनि भनौं कि नभनौं खै !’ भन्दै दाहालको आलोचना गरे।

उनले ‘नेपालमा प्रधानमन्त्री दिल्लीले बनाउँछ कि संसदले बनाउँछ ?’ भन्दै प्रश्न गरे भने एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले दाहालले प्रधानमन्त्री पदमा बस्ने हैसियत गुमाएको बताए। एमालेको अवरोधपति रास्वपा, राप्रपा लगायत दलका सांसदहरू पनि सिटबाट उठेर विरोध जनाए। 

सभामुख देवराज घिमिरेले बैठक नियमित रुपमा सञ्चालन गर्न खोजे पनि सांसदहरूको विरोधले संसद् बैठक अवरुद्ध भयो ।

राष्ट्रिय सभामा पनि एमालेका सांसदहरूले प्रधानमन्त्री दाहालको कडा आलोचना गरे। त्यहाँ पनि एमालेका सांसदहरूले उठेर विरोध जनाएपछि बैठक अवरुद्ध भयो। प्रधामन्त्री दाहालले केही दिनअघि आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह दिल्ली गएको अभिव्यक्ति दिएका थिए। 

बुधबार नै राष्ट्रिय सभा बैठक पनि एमालेका सांसदले विरोध जनाउँदा अवरुद्ध भएको छ । 

यता प्रधानमन्त्री दाहालले भने नेकपा एमाले विक्षिप्त भएको आरोप लगाउँदै आफुले नवोलेको कुरामा अर्घेलो थापेको बताएका छन्। प्रितम सिंहले वोलेको कुरालाई आफुले सुनाएको भन्दै उनले एमालेको यो वेलुन पनि चाँडै फुट्ने बताए।

पुष्पकमल दाहाल दिल्ली प्रितम सिंह

विशेष