कान्छारामको टिपरले स्कुटरलाई ठक्कर दिँदा आमा–छोरीको मृत्यु
कान्छाराम कन्ट्रक्सनको टिपरले स्कुटरलाई ठक्कर दिँदा सुनसरीको इटहरीमा आमा–छोरीको मृत्यु भएको छ ।
इटहरी उपमहानगरपालिका–८ की ४२ वर्षीया सरिता चौधरी र उनकी छोरी २२ वर्षीया अनुशा चौधरीको मृत्यु भएको हो । मंगलबार करिब पोने ४ बजे धरानबाट पूर्वतर्फ जाँदै गरेको टिपरले सोही दिशातर्फ जाँदै गरेको को १४ प ५२६ नम्वरको स्कुटरलाई ठक्कर दिएको थियो ।
ठक्करबाट ठक्करबाट गम्भीर घाइते सरिताको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र अनुशाको न्यूरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।
ना१क ९१०७ नम्बरको टिपरले स्कुटरलाई ठक्कर दिएपछि मंगलबार दिउँसो केही समय इटहरी तनावग्रस्त बनेको थियो । स्थानीयले ब्याक गरी मान्छे मारेको आरोप लगाउँदै टिपर तोडफोड गरेका थिए ।
केही समय स्थानीय र प्रहरीका बीचमा झडप समेत भयो। झडपमा ९ प्रहरीसहित केही प्रदर्शनकारी पनि घाइते भएको सुनसरीका एसपी प्रभु ढकालले बताए।