अश्लील फिल्म हेरेर त्यसै अनुसार यौन सम्पर्कका लागि बाध्य पार्ने पति विरुद्ध उजुरी
अश्लील फिल्म हेरेर त्यसै अनुसार यौन सम्पर्कका लागि बाध्य पारेको आरोपमा एक भारतीय युवतीले पतिविरुद्ध उजुरी दिएकी छिन।
भारतको नयाँ दिल्लीस्थित शाहदरा जिल्लाकी एक ती युवतीले आफूलाई अप्राकृतिक यौन सम्बन्ध गर्न बाध्य बनाएको अभियोगमा उजुरी दिएकी हुन्।
३० वर्षीया ती युवतीले आफ्ना पतिलाई अश्लील फिल्म हेर्ने लत लागेको र त्यसकै आधारमा आफूलाई अप्राकृतिक यौन सम्बन्ध राख्न दबाब दिने गरेको आरोप लगाएकी छन्।
आफूलाई मनपर्ने पोर्न स्टारजस्तै हुन दबाब दिँदै पतिले आफूलाई शारीरिक यातना दिने गरेको ती युवतीले उजुरीमा उल्लेख गरेकी छन्। उनीहरूबीच २०२० मा विवाह भएको थियो। बिहे गरेको तेस्रो दिनदेखि नै आफुलाई त्यसै गरी यातना दिएको उनको उजुरीमा उल्लेख छ।
उजुरीका आधारमा प्रहरीले ती पुरुषविरुद्ध अप्राकृतिक सम्बन्धको मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ। उजुरीमा श्रीमान् र उनको परिवारले दाइजो मागेको र मानसिक तथा शारीरिक दुर्व्यवहार गरेको आरोप पनि लगाएको जनाईएको छ।