News

प्रितम सिंह नै हुन प्रचण्ड, गगन र रविलाई राजकीय पद दिलाउने किङ मेकर ?

यसो भन्दै हिड्छन भारतीय नागरिक अंगद सिंह...

प्रितम सिंह नै हुन प्रचण्ड, गगन र रविलाई राजकीय पद दिलाउने किङ मेकर ?

प्रधानमन्त्री पुष्पकमल दाहालका कारण भारतीय नागरिक सरदार प्रितम सिंह यतिवेला चर्चामा छन्। दाहालले सिंहलाई ‘राजनीतिक किङ मेकर’ का रुपमा ब्याख्या गर्दै आफुलाई प्रधानमन्त्री बनाउन पटक–पटक दिल्ली पुगेको बताएपछि उनी चर्चामा आएका हुन।

सिंहको प्रशंसा गर्ने नाममा आफनै प्रतिष्ठा स्खलित हुने गरी अभिब्यक्ति दिँदा अहिले दाहाल स्वयम पनि विवादमा घेरिएका छन्। प्रमुख प्रतिपक्षी दल एमाले दाहालको अभिब्यक्तिले राष्ट्रघात भयो भन्दै प्रधानमन्त्रीको राजिनमा मागिरहेको छ। दाहाललाई वचाउन फेरी सिंह नै अगाडि सरेका छन्। उनले विहिवार पत्रकार सम्मेलन गर्दै प्रचण्डसँग आफनो राजनीतिक नभई पारिवारिक सम्बन्ध मात्रै भएको बताए ।

‘प्रधानमन्त्री प्रचण्डसँग मेरो व्यक्तिगत सम्बन्ध मात्रै हो । जुन बेला मैले भेट्दा कुरा गरेको थिए । त्यो बेला हाम्रा गाडीहरू जलाइएका थिए । उहाँकी जेठी छोरी बिरामी भएपछि उपचार गर्न भारत गएकी थिइन’ सिंहले भने, ‘उहाँ (प्रचण्ड) लाई मैले दुःखको समयमा सहयोग गरेको हो। त्यही कुरा वहाँले वोल्नु भयो। त्यस हिसाबले मेरो पारिवारिक सम्बन्ध बाहेक अरू केही छैन । मैले अस्ति ५ वर्षपछि भेटे हुँला । त्यो बीचमा मैले भेटेको छैन ।’ 

सिंहले प्रचण्डका छोरा प्रकाश दाहाल आफ्नो नातिको साथी भएको पनि स्मरण गराए । उनका नाती हुन– अंगद सिंह। भारतीय नागरिक्ता हुँदाहुँदै नेपाली बनेका अंगदसँग अहिले नेपालको बंशज नागरिक्ता छ। वर्षौदेखि नेपालमा व्यवसाय गर्दै आएका प्रितम सिंहले भने अहिले पनि भारतीय नागरिक्ता छोडेका छैनन्। 

सन् २००१ मा भारतीय दूतावासले अंगद भारतीय नागरिक भएको पुष्टि गरेको थियो । अंगदकै भनाई अनुसार उनकी आमा कमल सिंह भारतीय नागरिक हुन। आमा भारतीय भएका कारण उनले भारतको नागरिकता लिए । भारतमा भविष्य नदेखेपछि उनी नेपाल पसेका हुन। त्यसपछि उनले कर्मचारीलाई प्रभावमा पारेर बंशजको नागरिक्ता लिएको पाईएको छ।

अंगदले काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट ०६७ साउन २५ गते नेपाली नागरिकता लिएका छन। उनको नागरिकतामा प्रशासकीय अधिकृत सागरमणि पाठकले हस्ताक्षर गरेका छन् । भारतीय नागरिकले कसरी वंशजको आधारमा नागरिकता पाउँछ ? भन्ने सवालमा काठमाडौंका तत्कालिन सिडिओ केदारनाथ शर्माले ‘भारतको नागरिकता भए नभएको लुकाएर, बाबुको नागरिकताका आधारमा मात्रै विवरण पेश गरेर वंशजको आधारमा नागरिकता लिएको हुन सक्छ। विवरण लुकाएको प्रमाणसहित उजुरी पर्यो भने उनको नागरिकता बदर हुन्छ।’

स्वार्थका लागि चाप्लुसी
सरदार प्रितम सिंहको परिवार सुरुदेखि नै राजनीतिको छत्रछाँयामा रहँदै आएको उनकै कुराले पुष्टि हुन्छ। प्रितमले राजा महेन्द्रदेखि नेपालका शासकसँग संगत गरेका छन। दरबारसँग उनलाई जोड्ने काम भने सँगै पाइलट ट्रेनिङ गरेका पञ्जावका त्रिलोचन सिंह दुलटले गरे। त्रिलोचन राजा महेन्द्रको डाकोटा बिमान उढाउँथे। 

प्रचण्डसँग भने उनको भेट शान्ति प्रक्रियामा आएपछि भयो। अहिले पनि प्रचण्डको परिवारसँग उनीहरुको राम्रो सम्वन्ध भएको प्रचण्डले नै पुष्टि गरिसके। प्रचण्डका नाती (प्रकाश दाहाल र विना मगरका छोरा) प्रणवलाई १३ महिनाको हुँदैदेखि अंगदले ललितपुरमा संचालन गरेको स्टेपिङ स्टोन नामको नीजी विद्यालय भर्ना गरिएको थियो।

उनले प्रचण्डका नातिलाई नै आफनो विद्यालयको व्राण्ड वनाए। पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नाति पढ्ने स्कुल भन्दै उनले विद्यालयको शुल्क बढाउने गरे भने मिडियाहरुमा त्यसको समाचार लेख्न लगाउँथे। अर्कोतर्फ प्रचण्डका छोरा प्रकाशले विना मगरलाई लिएर भाग्दा अंगदले नै उनीहरुलाई भारतीय क्षेत्रमा आश्रय स्थल उपलब्ध गराएको वताईन्छ। 

प्रकाशकी जेठी दिदी क्यान्सरको विरामी हुँदा पनि अंगदको परिवारले भरपुर सहयोग उपलब्ध गराएको थियो। यो कुरा स्वयम प्रधानमन्त्री दाहालले पनि स्विकार गरेका छन्। यद्यपी प्रचण्डसँग अंगद नतमस्तक छन्। किनकी प्रचण्डकै कारण प्रशासनले अहिलेसम्म उनको नागरिक्ता छानविन गर्ने हिम्मत गर्न सकेको छैन। भारत विरुद्ध सुरुङ युद्ध गर्ने धम्की दिदै सिमाक्षेत्रमा उथलपुथल मच्चाउने तर, उतै वसेर नेपालमा भुमिगत समुह चलाउने प्रचण्डको भारतीय प्रतिको लगान वुझिनसक्नु भएको निकटका ब्यक्तिहरु वताउँछन्।

तर, अंगद भने प्रचण्डसँग मात्रै भर परेका छैनन्। संदिग्घ गतिविधि गर्ने उनको कांग्रेसका नेताहरुसँग पनि उठबस वाक्लै छ। कांग्रेसका महामन्त्री गगन थापासँगको सम्वन्ध उनी स्वयमले प्रचार गर्दै हिड्ने गरेका छन्। गगनलाई स्वास्थ्यमन्त्री बनाउन आफनो परिवारले भुमिका खेलेको भन्दै उनले सुनाउँदै हिड्ने गरेका थिए।

गगनले भने यस विषयमा अहिलेसम्म सार्वजनिक अभिब्यक्ति दिएका छैनन्। तर, प्रचण्डले विवादित अभिब्यक्ति दिएको पुस्तक विमोचन कार्यक्रममा गगन पनि उपस्थित थिए।

पछिल्लो समय रास्वपाका सभापति रवि लामिछाने गृहमन्त्री भएको जस पनि अंगदले लिने गरेका छन्। आफनो परिवारको भुमिकामा लामिछाने गृहमन्त्री भएको भन्दै अहिले पनि उनले वताउँदै हिड्ने गरेको श्रोतको दावी छ। गगन जस्तै रविले पनि यस विषयमा मुख खोलेका छैनन्।

अंगद सिंहको अराजक शैली र गुण्डाराजको वारेमा भिडियोसहित अर्को श्रृंखला प्रस्तुत गर्नेछौं।
 

यो पनि...

पुष्पकमल दाहाल प्रितम सिंह अंगद सिंह

विशेष