News

बलात्कार प्रकरणमा एलओडीका संचालक राजु सिंह पक्राउ, रुदिलवल्लभ फरार

बलात्कार प्रकरणमा एलओडीका संचालक राजु सिंह पक्राउ, रुदिलवल्लभ फरार

ललितपुरको बालिका बलात्कार प्रकरणमा काठमाडौं ठमेलस्थित नाइट क्लब एलओडी (लर्ड अफ ड्रिंक्स) का सञ्चालक राजु सिंह सुवाल पक्राउ परेका छन् । उमेर नपुगेका व्यक्तिलाई क्लबमा प्रवेश गराएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

एलओडीमा गएकी एक १६ वर्षकी बालिका बलात्कृत भएको सार्वजनिक भएपछि जिल्ला प्रहरी परिसर ललितपुरले उनलाई पक्राउ गरेको हो । अर्का संचालक रूदिलबल्लव श्रेष्ठ फरार छन्। कम्पनीको प्रबन्धपत्रमा श्रेष्ठ र सुवाल सञ्चालक छन्। उनीहरूविरूद्ध असार १३ गते नै पक्राउ पुर्जी जारी भएको थियो।

घटनाबारे थप अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइने तयारी भईरहेको छ। बलात्कार अभियोगमा पोखरा घर भई बागडोलमा बस्ने ५० वर्षीय सुदन कोइराला पक्राउ परेका छन्।

प्रहरी स्रोतका अनुसार १६ वर्षीया नाबालिग जेठ ३१ गते राति फेसबुकबाट चिनजान भएकी एक साथीसँग क्लबमा पुगेकी थिइन्। यसरी क्लबभित्र पसेकी पीडितको भेट कोइरालासँग भएको थियो। त्यसपछि उनी साथीसँग सम्पर्क विहिन भएको वताईएको छ।

घर जान्छु भन्दै निस्कन लागेकी उनलाई कोईराललेसाथी भएकै ठाउँमा लग्छु, मसँगै छ भनेर बागडोल पु¥याएको प्रहरीको अनुशन्धानले देखाएको छ। कोईरालाले बागडोलस्थित अफिसमा पु¥याएर नाबालिगमाथि बलात्कार भएको प्रहरीले जनाएको छ। 

घटना भएयता साथी भनिएकी किशोरी सम्पर्कविहीन छिन्।

बलात्कार एलओडी

विशेष