News

भारतको आर्थिक सहयोगमा बुढानीलकण्ठमा बनेको धर्मशाला उदघाटन

भारतको आर्थिक सहयोगमा बुढानीलकण्ठमा बनेको धर्मशाला उदघाटन

भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित बुढानीलकण्ठमा बनेको धर्मशाला बुधबार उपराष्ट्रपति रामसहायप्रसाद यादवले उदघाटन गरेका छन्। 

बुधबार बुढानीलकण्ठ–३ मा निर्मित बुढानीलकण्ठ धर्मशाला (अतिथिगृह) को उद्घाटनमा बुढानीलकण्ठ मन्दिरका मठाधीश स्वामी निगमानन्द, प्रतिनिधिसभा सदस्यहरू गगनकुमार थापा र प्रदीप पौडेल, भारतीय राजदूतावासका पदाधिकारीहरू, काठमाडौंका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवलगायतको उपस्थिति थियो ।

धर्मशाला भारत सरकारको करिब ५ करोड रुपैयाँ अनुदानमा निर्माण भएको हो। धर्मशालाले बुढानीलकण्ठ मन्दिरमा आउने हजारौं तीर्थयात्रीलाई सेवा दिने बताइएको छ । यस परियोजनाले नेपालसँग भारतको लामो समयदेखि रहिआएको विकास साझेदारीलाई प्रतिविम्बित गरेको भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उद्घाटन समारोहमा बोल्दै उपराष्ट्रपति यादवले भूकम्पपछिको पुनर्निर्माणमा भारत सरकारले पु¥याएको सहयोगको सराहनासमेत गरेका थिए ।

भारत सरकारले नेपालको सातवटा जिल्लामा रहेका २८ वटा सांस्कृतिक सम्पदा क्षेत्रको संरक्षण गर्ने प्रविबद्धता गरेको छ । यसका अतिरिक्त भूकम्पपछिको पुनर्निर्माण अनुदान अन्तर्गत भारत सरकारले गोरखा र नुवाकोट जिल्लामा ५० हजार वटा निजी घर पुनर्निर्माण, आठ जिल्लामा ७१ वटा शैक्षिक संस्था र १० जिल्लामा १३२ वटा स्वास्थ्य सुविधा पुनर्निर्माणका लागि सहयोग प्रदान गरेको छ ।

विशेष