News

बालिका बलात्कार प्रकरणमा एलओडीका सञ्चालक विरुद्ध पक्राउ पुर्जी

बालिका बलात्कार प्रकरणमा एलओडीका सञ्चालक विरुद्ध पक्राउ पुर्जी

ठमेलस्थित एलओडी (लर्ड अफ ड्रिंक्स) क्लब गएकी बालिका बलात्कार भएको घट्नामा क्लवका संचालकहरुमाथि पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत, ललितपुरबाट पक्राउ पूर्जी लिएर प्रहरीले उनीहरुको खोजी गरिरहेको छ ।

क्लबका सञ्चालक रुदिलवल्लव श्रेष्ठ र राजुसिंह सुवाल प्रहरीको खोजिमा छन्। नाबालिगलाई एलओडी प्रवेश दिएको विषयमा छानविन गर्न उनीहरुलाई पक्राउ गर्न लागिएको प्रहरीले जनाएको छ। 

जेठ ३० गते एलओडी क्लब गएकी १६ वर्षीया बालिकालाई ललितपुर लगेर बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेपछि अनुशन्धानका क्रममा श्रेष्ठ र सुवाल पनि तानिएका हुन। बालिका बलात्कार गरेको आरोपमा प्रहरीले पोखरा घर भइ ललितपुरको बागडोल बस्ने ५० वर्षीय सुदनबहादुर कोइरालालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसपी सिद्धिविक्रम शाहका अनुसार जेठ ३१ गते उदयपुर घर भई काठमाण्डौंको कोटेश्वर बस्दै आएकी बालिकालाई कोईरालाले आफ्नै गाडीमा राखेर बागडोल पु¥याई बलात्कार गरेको भन्दै पीडितले प्रहरी समक्ष किटानी जाहेरी दिएकी छन् ।

जाहेरी परेपछि कोइरालालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको थियो । बयानका क्रममा उनले पीडित उमेर पुगेको युवती भएको दाबी गरेका थिए । ‘उमेर नपुगेको बालिकाले क्लबमा कसरी प्रवेश पायो ?’ भन्दै कोईरालाले उल्टै प्रश्न गरेका थिए।

एलओडी यसअघि पनि बलात्कार प्रकरणकै कारण चर्चामा आएको थियो। वैशाख १५ गते पनि एलओडीका दुई महिला कर्मचारी बलात्कारको शिकार भएका थिए। क्लबको सरसफाइको काम गर्ने दुई महिलालाई बिहान एक होटलमा लगेर बलात्कार गरेको खुलेको थियो ।

खाजा खुवाउने भन्दै एक खाजा पसलमा मदिरा खुवाएर होटलमा पु¥याई बलात्कार गरिएको थियो । सो अभियोगमा प्रहरीले खोटाङको बाह्रापोखरी गाउँपालिका– २, स्थायी घर भई काठमाडौंको नयाँ बजार बस्ने लोकबहादुर मगर र काठमाडौंको गोकर्णेश्वर नगरपालिका– २ का माइला भन्ने रामकुमार श्रेष्ठलाई पक्राउ गरेको थियो ।
 

एलओडी

विशेष