News अपराध सुरक्षा

गृहमन्त्री श्रेष्ठलाई कहाँबाट आयो धम्की ?, भने– मलाई नै धम्की आएका छन्

गृहमन्त्री श्रेष्ठलाई कहाँबाट आयो धम्की ?, भने– मलाई नै धम्की आएका छन्

गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफुमाथि असुरक्षा वढेको खुलासा गरेका छन्। नक्कली भुटानी शरणार्थी प्रकरण र बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको फाइल खोलेपछि आफूलाई भौतिक रुपमा सुरक्षाको धम्की आएको उनले खुलासा गरे।

आज आफ्नै निवास ललितपुरको हात्तीवनमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले आफूलाई धम्की आए पनि विचलित नभई खुलेका फाइलको निचोड निकालिछाड्ने बताए।

कमिसन र भ्रष्टाचारको जालो राजनीतिक नेतृत्वबाट संरक्षित र सुरक्षित रहे पनि त्यसलाई तोड्न जस्तोसुकै चुनौती लिने उनले वताए। ‘नक्कली भुटानी शरणार्थी प्रकरण र ललिता निवास प्रकरणमा मेरै सुरक्षालाई लिएर कतिपय सुझाव र धम्की आएका छन्’ उनले भने–‘त्यसको पर्वाह नगरी अघि बढेको छु।’

ललिता निवास प्रकरणमा सरकारको सम्पत्ति व्यक्तिका नाममा बेचबिखन भएको र सरकारी जग्गा किर्ते गरी हिनामिना गर्नेविरुद्ध प्रमाण संकलन भइरहेको उनले जानकारी दिए। गृहमन्त्रीमा नियुक्त भएपछि पहिलो निर्णय सदर गर्दै मन्त्री श्रेष्ठले गृहमन्त्री र सचिवलगायत कर्मचारीले तजबिज रुपमा सुराकीबापत खर्चिने रकम खारेज गराएका थिए।
 

नारायणकाजी श्रेष्ठ

विशेष