News

एसइई परिक्षा नै नदिएका गुलशन झा कसरी ३.६ जीपीए ल्याएर पास भए ? 

एसइई परिक्षा नै नदिएका गुलशन झा कसरी ३.६ जीपीए ल्याएर पास भए ? 

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य गुलशन झा ३ दशमलव ६ जीपीएसहित एसईई पास भएको भन्दै आज दिनभर सामाजिक सञ्जालमा बधाईको ओईरो लाग्यो। भौतिक रुपमा पनि उनलाई वधाई दिने क्रम रोकिएको छैन।

‘खेलसँगै पढाई पनि’ भन्दै सामाजिक संजालभरी उनको फोटो पोष्ट गरेको देखिन्छ। गेम खेलेर शुक्रबार जिम्बाब्वेबाट फर्किने क्रममा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उनलाई धेरैले वधाई दिए। तर, गुलशनले भने आफुले एसईई परिक्षा नै नदिएको खुलासा गरेका छन्।

१८ वर्षीय क्रिकेटरले दिँदै नदिएको एसइईमा कसरी पास हुन्छ ? भनेपछि धेरैलाई आश्चर्य लागेको छ। वास्तवमा, परिक्षा नै नदिएको ब्यक्ति कसरी पास भयो ? भन्ने धेरैलाई लागेको पनि हुन सक्छ।

उनले एसइई पास गर्ने गुलशन आफु नभई अरु नै कोही भएको वताएका छन्। राष्ट्रिय परीक्षा बोर्डले बिहीबार एसइईको नतिजा सार्वजनिक गरेको थियो।

गुलशन झा

विशेष