News

अभिनेता सारुक ताम्राकार आफनै घरमा मृत भेटिए

अभिनेता सारुक ताम्राकार आफनै घरमा मृत भेटिए

फिल्म ‘रानी’बाट अभिनय करिअर थालेका अभिनेता सारुक ताम्राकार मृत फेला परेका छन्। काठमाडौं रातोपुलस्थित आफ्नै घरमा उनलाई मृत फेला पारिएको हो।

बिहीवार राति ११ बजे झुण्डिएको अवस्थामा उनको शव फेला परेको प्रहीले जनाएको छ। घटनास्थलको मुचुल्कापछि उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ ।

उनको मृत्युको कारणबारे नखुलेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए ।

सारुकले ‘रानी’, ‘मेरी मामु’ र ‘इन्टु मिन्टु लण्डन’मा अभिनय गरेका छन् । ‘ह्यासट्याग माया’को छायांकनमा ब्यस्त रहेका उनी पाका अभिनेता सानु ताम्राकारका छोरा हुन् । पिताको लिगेसी पछ्याउँदै उनी फिल्म अभिनयमा आइपुगेका थिए ।

यो पनि,
गायक रविन तामाङको शंकास्पद मृत्युः हत्याकी दुर्घटना ?

विशेष