News

प्रचण्डका ज्वाईले कोशीमा फेरी पनि पाए मन्त्री हुने मौका !

प्रचण्डका ज्वाईले कोशीमा फेरी पनि पाए मन्त्री हुने मौका !

कोशी प्रदेशमा माओवादी केन्द्रबाट फेरी पनि पुष्पकमल दाहालका ज्वाई जिवन आचार्य नै मन्त्री बन्ने भएका छन्। नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आजै सपथ लिएर तीन जना मन्त्री नियुक्त गर्दा आचार्य पहिलै पालोमा मन्त्री बन्ने निश्चित भएको छ।

थापाले सत्तागठबन्धनका एक–एकजनालाई समेटेर आज मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्। मन्त्रिपरिषद्मा माओवादी केन्द्रबाट जीवन आचार्य, नेकपा एसबाट कमल जवेगु र नेपाली कांग्रेसबाट प्रदीप सुनुवार मन्त्री बन्ने जनाईएको छ।

यसअघि हिक्मत कार्की नेतृत्वको प्रदेश सरकारमा पनि आचार्य पर्यटनमन्त्री थिए। जनता समाजवादी पार्टी भने तत्काल सरकारमा नजाने भएको छ ।

कोशी नामकरणप्रति जसपाको असन्तुष्टि छ । सभामुख बाबुराम गौतमसहितको हस्ताक्षरमा बहुमत पु¥याएर गठबन्धनले सरकार बनाएपछि कोशीको मुख्यमन्त्री नियुक्तिप्रति चौतर्फी आलोचना भइरहेको छ ।

जीवन आचार्य

विशेष